गुलरियाको गोलपार्कले संरक्षण पाएन


टिकाराम चौधरी,

गुलरिया÷पुष २३ गते ।बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ८ मा निर्माण गरिएको गोलपार्क संरक्षण नपाएर करोडौको लगानी त्यसै खेर गईरहेको छ । करोडौको लगानी लगाएर निमार्ण गरिएको गोलपार्कको संरक्षण र ब्यबस्थापन नभएपछि प्रयोग बिहिन बन्दै गएको छ । नगरपालिकाको कुनै संरक्षण गर्ने व्यवस्था नभएकोले भौतिक संरचनाहरु पनि भत्कीने, भाँचिएको छ र  छाडा पशुचौपायाले बोट बिरुवाहरु पनि खाईदिएका छन्
गुलरिया नगरपालिकाको–८ मा पर्ने गुलरिया बजारको पुर्व तर्फ करिव १ बिघा जग्गामा निमार्ण गरिएको गोलपार्क संरक्षण र ब्यबस्थापन नपाउँदा जिर्ण हुदै गएको छ । साथै नजिकै रहेको चाईना फुट कम्पनीको फोहरले दुरगन्धित भएको छ । गोलपार्कको प्रयोगमा नआउनुको मुख्य बाधन कम्पनीको फोहर गोलपार्कको नालीमा आएर दुर्गन्धित हुनु पनि हो ।
करिब १० बर्ष पहिले आर्थिक बर्ष २०६४÷०६५ मा स्थानीय बिकास कोष अन्र्तरगत जनसहभागितामा
रेखानक गरिएको गोलपार्कको प्रत्येक बर्ष जसो गुलरिया नगरपालिकाको बजेटबाट क्रमशः निमार्ण हुदै आएको छ । गत आर्थिक बर्ष २०७३÷०७४ मा गोलपार्कको प्रारम्भिक संरचनाको निमार्ण सम्पन्न गरिएको छ । गोलपार्कमा बन्ने भौतिक संरचनामा बन्ने सिमेन्टका बेञ्चहरु, संरक्षणका लागि वरिपरी ग्रीलको बार तथा बत्ति जडानको लागि पोलहरु वरिपरी बृक्षारोपन तथा पार्क भित्र पनि सितलताको लागि बोटबिरुवाहरु रोपिएको छ, तर ति सबै संरक्षण नपाएर जिर्ण हुदै गएको छ ।
२०६५ साल देखि नै निमार्ण शुरु भएको गोलपार्कमा क्रमशः निमार्ण हुदै जाँदा करोडौको लगानी भईसकेको छ । २०७१ सालमा आएको बाढीले निर्माणधिन रहेको गोलपार्कलाई पनि क्षती पुर्याएको थियो । गुलरियाबासीको सार्बजनिक स्थानमा साँझ वा  बिहान मर्निङवाक, शारीरिक ब्यायाम तथा बिश्राम गर्ने सफा, सुरक्षित र संरक्षित क्षेत्र बनाउने उदेश्यले निमार्ण गरिएको गोलपार्क प्रयोगमा आउन सकेको छैन ।
चाईना फुट कम्पनीको फोहोरको दुरगन्र्ध र सरक्षण नभएकोले गोलपार्कमा गुलरियाबासीहरुले प्रयोग तथा उपयोग गर्न नसकेको बताउछन् । शान्त र एकान्त तथा गुलरियाबासीको साँझबिहान दिनभरिको थकान मेटाउन राम्रो स्थान हुदाहुदै पनि नगरपालिकाको ब्यवास्ताले प्रयोगमा आउन नसकेको स्थानीय ईन्दिरा सुबेदीले बताउनु भयो । स्थानीय इन्दिरा सुबेदी गोलपार्कको रेखाकंन गर्ने बेला उपभोक्ता समितिको सचिब भएर काम गर्ने भयो र पछिल्लो निमार्णका चरणहरुमा पनि सक्रियरुपमा निरन्तर लागिरेको  र गुलरिया नगरपालिकाको बजेटबाट निमार्ण गर्नलाई पछिल्ला पटक  आर्थिक बर्ष २०७३।७४मा निमार्ण हुदा उपभोक्ता समितिको अध्यक्ष भएर निमार्ण कार्यसम्पन्न गरिसक्दा पनि नगरपालिकाले संरक्षण र ब्यबस्थान नगरिदिँदा आफु गोलपार्क जिर्न हुदै गएको चिन्तित रहेको बताउनु भयो ।