छडुवा गाई व्यवस्थापनको माग गर्दै स्थानियआन्दोलित


gaushala

पबित्रा पौडेल
१६ भाद्र गुलरिया,बर्दिया÷छाडा छोडिएका छडुवा गाईलाई तत्काल व्यवस्थापन गर्ने माग गर्दै स्थानीयबासीले नगरपालिका अगाडी गाई ल्याएर बाटो जाम गरेका थिए ।गुलरिया नगरपालिका–७ मा छडुवा     गाईले सताएपछि आज नगरपालिका अगाडी स्थानियबासीले गाई ल्याएर बाटो समेत बन्द गरेका थिए ।गुलरिया नगरपालिकाको टाउनहल मैदानमा ती गाईहरुलाई भित्र्याउन खोजे पनि प्रहरीको सक्रियतामा भित्र छिर्न दिइएको थिएन।आन्दोलनमा स्थानियबासीले छडुवा गाईलाई नगरपालिकामा ल्याएका थिए । छडुवा गाईहरु लगभग एक सयको हाराहारीमा रहेका थिए । छडुवा गाईले धान, मकै, जस्ता अन्न बालि लगाएत तरकारी बालि खाईदिने गरेका छन् ।साथै छडुवा गाईकै कारणले गर्दा रातभरी सुत्न नपाईने, खेत बारी कुरेर बस्नुपनर्,े  गाईले घरमा राखेका पिठो लगाएतका खानेकुराहरु खाईदिन,े गर्दा पनि प्रशासन मौन रहेको गुनासो स्थानियबासी अभिनन्दन यादबले पोखे । साथै उनले अब नगरपालिकाले यि छडुवा गाईहरुलाई ब्यबस्थापन नगरेसम्म आफुहरु यहिँ बस्ने बताए । गाई आन्दोलन बिहान ८ बजेबाट  दिँउसो २ बजेसम्म चलेको थियो । ति छडुवा गाईहरुलाई कृष्णसार संरक्षित क्षेत्रमा लगिनेछ । यदि गाईहरु  आफ्नो घर चिनेर गएमा गाईलाई फेरी लखेट्नेलाई कारबाही गर्ने समेत वडा नं ७ कि वडा अध्यक्ष गिता बस्नेतले जानकारी दिनुभयो ।
भारत र नेपालका गाईहरु छाडा छोड्ने गरेका कारण यो जिल्लाभरि नै समस्या भएको छ ।जिल्लाका स्थानीय तहहरुलाई यो अहिले जटिल समस्या बनेको छ ।कतिपय स्थानीय तहले गाई व्यवस्थापनका लागि काम गरे पनि त्यो पूर्ण रुपमा सफल हुन सकिरहेको छैन ।