जनताबाट उठाएको कर भत्तामा होइन बिकासमा


दलबहादुर सुनार
२६ श्रावण २०७५
सितला बजार,बर्दिया÷बढैयाताल गाउँ पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जनता वाट उठाएको कर भक्तमा होईन बिकास निर्माणमा खर्च गरिने बताउनु भएको छ ।
बिभिन्न सञ्चार माध्ययमा स्थानिय तहले जनताको ढाड सेक्ने गरी कर बृद्धि भएको कुरा भाईरल भएपछि बास्तबिक जानकारी लिने उद्देश्यले सितला बजार ब्यबस्थापन समिति द्धारा आज आयोजित नागरीक सम्बाद कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
जनता बाट उठाएको कर निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुबिधामा नभई केन्द्रिय सरकारको मापदण्ड अनुसार केहि संघिय र  केहि प्रदेश सरकारमा पठाउने  र रहेको रकम जहाँवाट उठेको हो सोही ठाउँको बिकासमा खर्च गरिने स्पष्ट पार्नु भयो ।
सहभागिहरु वाट आएका प्रश्नहरुको जवाफ दिदै कर निर्धारण सम्बन्धि बढैयातालको नीति भनेको साना , मझौला तथा ठुला ब्यबसायको आधारमा कर निर्धारण गरिएको हो  ।  ब्यापारको आधारमा न्युनतम् २ सय देखि अधिक्तम २ हजार सम्म कायम गरिएको बताउनु भयो ।
पञ्जिकारण सम्बन्धि जन्मदर्ता , बिबाह दर्ता , बसाई सराई मृत्यु दर्ता लगाएत सबै कामहरु निशुल्क , सिफारीस सम्बन्धि  ३ सय कायम गरिएको र  मालपोतमा भने साबिकको तुलनामा कर बृद्धि गरेको बताउनु भयो उहाले दिएको जानकारी अनुसार हुलाकी तथा सहायक राजमार्गमा , ग्राभेल सडक , कच्चि सडक संग जोडिएको जग्गाको सरकारी मूल्यको आधारमा  अधितम प्रति कट्टठा रु १ सय देखि न्युनतम रु ३० सम्म  निर्धारण गरेको बताउनु भयो ।
सितला बजार ब्यबस्थापन समितिका अध्यक्ष उद्धब सापकोटाको अध्यक्षतामा भएको नागरीक सम्बाद कार्यक्रममा भोला गौडि, मैनापोखर र सितलाबजारका उद्योगि , ब्यापारी, शिक्षक , स्थानिय समाजसेबी लगाएको सहभागिता रहेका बजार समितिले जनाएको छ ।