जितु नेपालले बारबर्दियालाई हसाए भोली ज्योति मगर र कमल बिसीले बारबर्दियालाई तताउने


jayanagarमगरागाडी÷ फाल्गुण १३गते,बर्दियाको बारबर्दियामा जारी प्रथम बारबर्दिया तथा जयनगर महोत्सव २०७४मा तेस्रो दिन जितु नेपालको टोलीले हास्यब्यंगे बाट मनोरञ्जाल प्रदान गर्नु भएको छ । महोत्सवमा आउनु भएका जितु नेपाल, मनोज गजुरियल, रुबिना अधिकारी कालीप्रसाद बास्कोटा, रबि डङ्गोल लगायतको टोलीले बारबर्दियाको महोत्सवमा आएर मनोरञ्जन प्रदान गर्नु भएको हो । समाज, तथा समसामहिक बिषय बस्तु बनाएर सचेतनाका साथै मनोरञ्जाल प्रदान गर्नु भएको छ । साथै थारु कलाकार खेम भगोरिया, सिर्जना चौधरी दयाराम चौधरी लगाएतले पनि आफ्नो प्रस्तुति देखाउनु भएको छ ।
यसैगरी महोत्सवको चौथो दिन गायिका ज्योतिमगर, गायक कमल बिसी (मालदाई), गायक श्रीनिवास चौधरी, मोडल बिबस चौधरी, सुनिता चौधरी र प्रमिला चौधरी आउने कार्यक्रम रहेको छ ।
“हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको मुख्य आयोजक आदीबासी जनजाती महाँसंघ नगर समन्वय समिति उद्योग बाणिज्य संघ मगरागाडी शाखा, सहअयोजक सदाशिव स्पोर्ट क्लब बारबर्दिया र नगरस्तरीय युवा सञ्जाल बारबर्दियाले गरेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकामा यहि फाल्गुण ११ गते देखि २० गते सम्म १० दिन सञ्चालन हुने महोत्सवको सञ्चालन  भईरहेको छ । महोत्सवमा आकर्षणको नेपाली राष्ट्रिय कलाकार तथा स्थानीय कलासंस्कृति झल्कने खालका आधुनिक तथा पुखर्निया नाचगान, थारु समुदायको कला संस्कृतिसहितको साँस्कृति प्रस्तुति, प्रतियोगिता तथा हस्तकला बस्तुकलाहरु, खानाका परिकारहरु रहेको छ । साथै बरबर्दिया नगरपालिकाको पहिचानका लागि बिबिध जानकारीहरु समेत रहेको छ ।
महोत्सवमा बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज, विश्वको दुर्लव जन्तु कृष्णसार, एतिहासिक बढैयाताल, नेपालको सबभन्दा लामो गेरुवा नदिको पुलका साथै बारबर्दिया नगरपालिका भित्र पर्ने बर्दियाको एतिहासिक बारबर्दिया, सदाशिव मन्दिर, सत्खोलुवा ताल, रानीजरुवा, बुह्रान, मझरा, रझेट लगाएत क्षेत्रको प्रचारप्रसार भईरहेको छ ।
बारबर्दिया नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्यको बिकास गर्न, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको बिकास, पर्वद्धन गर्दै आर्थिक बृद्धि तथा बिकास गर्न र स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम् आन्तरिक बजार सुदृढ पार्दै आयातलाई प्रतिस्थान गर्ने महोत्सवले लक्ष्य पनि रहेको छ । साथै बर्दिया क्षेत्रकै कृषि उद्योग तथा पर्यटनको बिकास गर्ने एउटा ब्यबस्थित खेल मैदान रङ्ग शाला निमार्ण गर्ने रहेको छ ।
महोत्सवको प्रर्दशनीमा उपलब्ध बस्तु तथा सेवामा  घरेलु उद्योगबाट उत्पादित बस्त, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रबिधि, पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार, स्थानीय परिकार, सांस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक पर्दशनी, उत्पादन तथा परामर्श सम्बन्धी बिशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना,  स्वास्थ्य मनोरञ्जन लगाएत बाल उद्यानमा ठूला साना झुला, नाउ, ड्रागन, टे«न, मौतका कुवा, रोटे पिङ्ग, जादु समेत रहेको छ ।
महोत्सवमा १सय ५० वटा बिभिन्न प्र्रयोजनका स्टलहरु, थारु कलासंस्कृतिको अबलोकन तथा खानाका परिकारहरुको स्वादका लागि थारु गाँउको ब्यबस्था रहेको छ । महोत्सवमा प्रवेश का लागि सर्वसाधारणका लागि रु ५०, अपाङ्गताहरु र बिद्यर्थीको लागि रु ३०, तथा बिद्यार्थीहरु बिद्यालयको सिफारिशमा सामुहिक आएमा रु २५ आयोजकले निधारण गरेको छ ।