राधिका ढकाल
२६ साउन
ठाकुरद्वारा,बर्दिया÷ठाकुरबाबा नगरपालिकाको साउन २२ मा बसेको नगरसभाले नगरपालिकाले उठाउने आर्थिक बर्ष २०७५।०७६ को करको दरमा संसोधन गरेको छ । यस भन्दा अगाडि लगाईएको करको दर बढि भएको र यसले भर्खर नगरपालिकाको स्थापना पश्चात जुर्मुराउन लागेको ब्यापार ब्यबशायहरु लाई असर गरेको भन्दै स्थानिय ब्यापारहरुबाट गुनासो आएपछि ब्यापारी र ब्यबसायीहरुको भाबनालाई कदर गर्दै स्थानिय ब्यबसायि र नगरपालिका बिचको सम्बन्धलाई कायम राख्न नँया करको दर कायम गरिएको नगरप्रमुख धन नारायण श्रेष्ठले जानकारी गराएनुभयो । नगरपालिकाले सँसोधन गर्नु पुर्ब कर बुझाई सकेका ब्यबशायीहरुको रकम यसबर्ष कर तिर्दा मिलान गर्न सकिने आगामी भाद्र २१ गते भित्र आर्थिक बर्षको कर तिर्दा जरिवाना रकम छुट दिने,यस आ.ब.को कर भुक्तानी गर्दा प्रथम चौमासिक भित्र चुक्ता गर्न करदातालाई १० प्रतिशत दोश्रो चौमासिकमा चुक्ता गर्नेलाई ५ प्रतिशत छुट दिने लगाएतका छुटका योजनाहरु सहित महिला अपाङ्ग लगाएतले सिलाई कटाई र बुटिक सम्बन्धि ब्यबसाय संचालन गर्दा बिशेष छुटको ब्यबस्था समेत परिषदले गरेको छ । यसरी देशब्यापि रुपमा कर बृद्धि भएको भनि जन गुनासो आईरहेको अबस्थामा ठाकुरबाबा नगरपालिकाले करको दरलाई ब्यबसायिको भाबना अनुरुप संसोधन गर्नुलाई नगरपालिकाको सकारात्मक कार्य भएको स्थानिय ब्यबसायीहरु बताँउछन् ।
