पत्रपत्रिका वर्गिकरण नतिजा प्रति सुचना सञ्चार तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण


 

 

indexमुरली गोडिया
४ भाद्र गुलरिया,बर्दिया÷पत्रपत्रिका वर्गिकरण नतिजा प्रति देशभरका पत्रकार र पत्रिका संचालकहरुमा व्यापक असन्तुष्टि पाइएको प्रति नेपाल प्रेस युनियन द्धारा सुचना सञ्चार तथा प्रविधि मन्त्रालयलाई गम्भीर ध्यानाकार्षण गराइएको छ । प्रेस काउन्सिल नेपालले मिती २०७५ साल साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण नतिजा प्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन शाखा बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत सुचना सञ्चार तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराएको हो । नतिजालाई लिएर देशभरबाट श्रमजिवी पत्रकारहरुले गम्भीर असहमति जनाएको अवस्थामा तत्काल निर्णय सच्चाई पारदर्शी र निष्पक्ष ढंगबाट प्रकृयागत रुपमा नतिजा सार्वजनिक गर्न सम्बन्धित निकाय समक्ष यस अघि नै माग गरिसकेको छ ।
नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरि सोही ठाँउमा कहिलेकाँही प्रकशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको गुनासो आएको र पत्रपत्रिका वितरण संपरिक्षण समितीको सिफारिशलाई समेत लत्याउँदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको कुराले झन आक्रोषित तुल्याएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सुचना सञ्चार तथा प्रविधि मन्त्रालयमा बुझाई सार्वजनिक गरिएको नतिजा पुर्वग्रह र राजनितीक प्रतिशोध साँधिएको दस्तावेजको रुपमा लिएको नेपाल प्रेस युनियनले पठाएको ध्यानाकर्षण पत्रमा जनाइएको छ । पत्रपत्रिका वर्गीकरण पछि दिइने सेवा सुविधा वितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरुलाई यो पुर्वग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष विनयराज भण्डारीद्धारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकार्षण पत्र बुझदै जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाले युनियनको न्यायचित मागलाई सम्बन्धित निकायमा तत्काल पठाउने बताउनु भएको छ ।