बाँसगढी÷बर्दियाको पर्यटकिय स्थल बहैयाताल जानको लागी बाँसगढीमा प्रबेश द्धार निर्माण गरिने भएको छ । बाँसगढी बजारको मुख्य चोकको दक्षिण तर्फ प्रबेश द्धार निर्माणको लागी शिव देवकोटाको अध्यक्षतामा ७ सदसिय प्रबेश द्धार निर्माण उपभोक्ता समिति गठन गरिएको छ । बाँसगढी वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरीको आथित्यमा मंगलबार बसेको भेलाले सो उपभोक्ता समिति गठन गरेको हो । जसको सचिवमा भद्र बहादुर परियार(जिवन), कोषाअध्यक्षमा कमला भटराई, सदस्यहरुमा भोला प्रसाद पौडेल, तिलनाथ शर्मा लगायत रहेका छन । प्रबेश द्धार आर्थिक बर्ष २०७४।०७५ मा बाँसगढी नगरपालीकाबाट १० लाख बिनियोजित रकमले निर्माण गर्न लागिएको हो । बाँसगढी नगरपालीका सँग सम्झौता गरी छिटै काम अगाढी बढाईने निर्णय गरिएको अध्यक्ष शिव देबकोटाले जानकारी दिए ।
