दलबहादुर सुनार
१२ बैसाख,बर्दिया÷बर्दियामा अपांगता मैत्री भौतिक संरचना सम्बन्धि जिल्ला स्तरीय अधिवाचन कार्यक्रम हिजो बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
बर्दिया अपांग पुनस्थापना केन्द्र गुलरिया बर्दियाको आयोजनामा तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा भएको अधिवाचन कार्यक्रमका प्रमुख अतिथि बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अपांगताका सवाल प्रति गम्भिर ध्यानाकार्षण भएको भन्दै राज्य द्धारा प्रद्दत नितिगत ब्यबस्था लाई कार्यान्वयनमा ल्याउन जिल्ला स्थित सरोकार वाला निकाय लाई निर्देशन दिने बताउनु भयो । जिल्ला बाट संचालन हुने सार्वजनिक यातायातका साधनमा सिट आरक्षण र नियमानुसार भाडामा छुटको लागि यातायात ब्ययबसायी समिति संग निणर्य भएको र सेवा सुबिधा सम्बन्धि कार्यान्वयनको अवस्थाको लागि अनुगमन गर्ने र निर्णय अनुसार कार्यान्वयन नभए कार्यान्वयनमा ल्याउन प्रतिबद्ध भएको बताउनु भयो ।
कार्यक्रममा बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली, पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द प्रसाद धिताल , गैसस महासंघ बर्दियाका अध्यक्ष बिष्णु तिमिल्सीना , प्लान नेपाल बर्दियाका संयोजक झलक बि.क. लगाएतले बोल्नु भएको थियो ।
जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगाएत झण्डै ३५ जनाको सहभागिता रहेको कार्यक्रम बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षताम भएको हो । कार्यक्रमको उद्देश्य माथि बर्दिया अपांग पुनस्र्थापना केन्द्रका सदस्य चिन्तामणी कडेलले गर्नु भएका थियो भने सञ्चालन दलबहादुर सुनार र स्वागत सस्थाकी कोषाध्यक्ष गिता अधिकारीले गर्नु भएको सस्थाले जनाएको थियो ।
