बर्दियामा जलवायु मैत्री गाँउ भैसासुर


बाँसगढी, बर्दिया, पौष १९ बाँसगढी नगरपालीका ८ भैसासुरमा रहेको जलबायु मैत्री गाँउको संयुक्त अनुगमन भम्रण गरिएको छ । जैवीक विविधता अनुसन्धान तथा बिकासका लागी स्थानिय पहल(लि–वर्ड) संस्थाले सञ्चालन गरेको परियोजना अन्तगर्त जलवायु मैत्री गाँउ भैसासुरको बुधबार सरोकारवालाको संयुक्त अनुगमन भम्रण गरिएको हो । जिल्ला कृषि बिकास कार्यालयका प्रमुख प्रशुराम रावत सहितिको टोलीले जलवायु मैत्री गाँउ भैसासुरमा नमुना सौर्य उपभोक्ता समुहले गरेको नयाँ प्रबिधि सहितको कृषि प्रणालीको अबलोकन गरेको थियो । अनुगमनको क्रममा उपभोक्ता समुहमा आबद्ध कृषकहरुले शुन्य खनजोतमा गहु खेती, डडुवा सहने जातको आलु खेती, गुरीलाल चौधरी र तेजलाल चौधरीले ६ कट्ठा जग्गामा गुमच र टनेल प्रबिधीबाट गरिएको काँक्रा खेती, सौर्य उर्जामा आधारित सिंचाई कार्यक्रम, सिंचाईका लागी निर्मानाधिन पानी ट्याङ्कीको अबलोकन गरिएको थियो । जलवायु परिवर्तबाट परिरहेको असरबाट बच्नको लागी र त्यसलाई न्युनिकरण गरेर कृषकहरुले बढीभन्दा बढी लाभ कसरी लिन सक्छ भन्ने कुराको अभ्यास गराउनको लागी जलबायु मैत्री परियोजनाको निर्माण गरिएको रिवर्डका जिल्ला कार्यक्रम संयोजक बिष्णु ढकालले बताए । उनले जलवायु मैत्री प्रबिधिहरुको अभ्यासहरु कृषकहरुलाई गराउने र जुन अभ्यासहरु कृषकहरुले रुचाउनु हुन्छ त्यसलाई प्रचार प्रसार गर्ने र थप सहयोग प्रदान गर्नको लागी परियोजना तयार गरिएको बताए । जलवायु मैत्री परियोजना अन्तगर्त बर्दिया जिल्लाको ९ ओटा गाँउका करिब २ सय १४ घरधुरी लाभाम्भित भएको रिवर्ड संस्थाले जनाएको छ । संयुक्त अनुगमन टोलीमा जिल्ला कृषि बिकास कार्यालय बर्दियाका प्रमुख प्रर्शुराम रावत, बाँसगढी नगरपालीकाका उपप्रमुख सुष्मा चौधरी, कृषि समन्वय समिति बाँसगढीका संयोजक तिलक हमाल, गुलरिया नगरपालीका–११ का वडा अध्यक्ष रामनारायण प्रसाद केशरी, वडा १२ का वडा अध्यक्ष रामकुमार थारु, बाँसगढी नगरपालीका –२ का अध्यक्ष घमण्ड चन्द्र, ३ का अध्यक्ष प्रेम राज पौडेल, लिवर्ड संस्थाका जिल्ला कार्यक्रम संयोजक बिष्णु ढकाल, लगायत कृषक सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । रिवर्ड संस्थाले बर्दिया जिल्लामा जिबिकोपार्जन सुधार तथा समानुकुलन क्षेमता अभिबृद्धि कार्यक्रम, जलवायु मैत्री गाँउ, मसुरो बाली परिक्षण कार्यक्रम गुलरिया र बाँसगढी नगरपालीका र बहैयाताल गाँउपालीकामा सञ्चालन गरेको छ । यि कार्यक्रमबाट जिल्लामा करिब ९ सय ३४ जना कृषकहरु लाभान्वित भएका छन ।