बर्दियामा नक्कली सुनको बिगविगी, आठ लाख ठगी गर्ने २ जना भारतिय नागरिक पक्राउ


दिपक शर्मा
५ भाद्र गुलरिया,बर्दिया÷नक्कली  सुनलाई सक्कली सुन भनी ठगी गर्ने भारतिय दुई नागरिक पक्राउ परेका छन ।
बर्दियाको गुुलरिया नगरपालिका –४ निवासी ज्ञानुमाया रिजाललाई सक्कली सुन हो भनि आठ लाख रुपैया ठगी फरार भएका लाई प्रहरीले पक्राउ  गरेको छ । भारतको उत्तर प्रदेश  बहराईच थाना रुपैडिहा केवलपुर ग्राम निवासी नुर आलम अन्सारी र मोहम्मद नसिम अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाउनका लागी प्रहरीले अदालतबाट ६ दिनको म्याद थप गरेको छ ।
सक्कली सुन हो भनि नक्कली सुन वडा न ६ मा फेन्सि पसल गर्दै आइरहनु भएकी ज्ञानुमाया रिजाललाई ठगी ८ लाख रुपैया लिई फरार भएको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।