
दीपक शर्मा
१२ बैशाख, बर्दिया÷बर्दियामा यस वर्ष मकै उत्पादनमा कमि आउने भएको छ ।
बर्दियामा यस पटक हजारौ हेक्टर जमिनमा लगाइएको मकै खेतिमा मकैको घोका राम्रो सग नआउने , मकै सानो तथा कम दाना भएको उत्पादन भएको किसानले बताएका छन ।
आफूहरुले धेरै मेहनत गरेर खेतमा लगाएको मकैमा राम्रँे संग घोका र दाना नआएका कारण आफु चिन्तामा परेको गुलरीया नगरपालिका – १० का नरेस गोडीयाले बताउनु भएको छ ।
किसानले लगाएको यस सिजनको मकै भारतबाट विउ ल्यायर प्रयोग गरेका कारण मकै उत्पादनमा कमि देखिएको हो ।
गुलरिया नगरपालिका अन्तर्गत कृषि शाखाका प्राविधिक सहायक नारायण न्यौपानेका अनुसार बर्दियामा यस पटक किसानले बाहिर बाट विउ ल्यायर मकै लगाएको र अहिले अधिकास मकैका बोटहरुमा नहुर्कने हुर्के पनि मकैका घोका नआउने र आएपनि मकैको दान नहुने समस्या देखिएको बताउनु भयो ।
यतिखेर जिल्ला कृषि विकास कार्यालयबाट नुतन एक सए एक र विस्को नौ सए चालिस नामक दुई किसिमका मकैका जात सिफारिस भएअनुसार विउ वितरण गरिएको सो विउ बाट मकै राम्रो उप्पादन भएपनि अन्य जातका मकै किसानले भारत बाट खरिद गरि लगाएका कारण यस्तो समस्या देखिएको न्यौपानेले बताउनु भयो ।
कार्यालयले सिफारिस गरेका भन्दा अन्य विउ लगाएका कारण ति किसानहरुलाई क्ष्ँतिपुर्ति दिने व्यवस्था नरहेको पनि न्यौपानेले बताउनु भयो ।
यहिले भारत बाट ल्यायर लगाइएको मकैमा यो समस्या देखिएको हो , यो समस्या विशेष गरी गुलरिया नगरपालिका भित्र वढि देखिएको छ । यसै गरी मधुवन नगरपालिका , वासगढि नगरपालिका , बढैयाताल गाउ पालिका , राजापुर नगरपालिका ,बारबर्दिया नगरपालिका र बासगढि नगरपालिकामा यो समस्या बढि देखिएको हो ।
