बर्दियामा माओवादीको जनयुद्धको झल्को दिने गरी मार्च पास


दीपक शर्मा
बर्दिया
फागुन १ गते
माओवादीले बर्दियामा जनयुद्धको झल्को दिने गरी मार्च पास गरेको छ । बर्दियाको गुलरियामा आज नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध अझै जारी रहेको संकेत झल्काउने गरी गुलरिया बजारमा पोसाक सहित मार्च पास गरेको हो ।
स्थानिय राधाकृष्ण चोकमा भएको सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादिका केन्द्रिय सदस्य शिषिरले क्रान्ति अझै जारी रेहको बताउदै , प्रचन्डले धोका दिएको आरोप लगाउनु भयो ।
प्रचन्ड र बाबुराम भटराइले गद्धारी गरेको आरोप लगाउदै नेपाली जनतालाइ धोका दिएको भन्दै त्यस्ता धोकेवाजलाई अव जनताले नछोडने बताउनु भयो  । साथै उहा“ले प्रचन्डले विचैमा छोडेको आन्दोलनलाइ आफुहरुले निरन्तरता दिने समेत उहाले बताउनु भयो ।
बाके बर्दिया इन्चार्ज भुपेन्द्रले विदेशी शक्तिको इसारामा जनयुद्धलाई विचमै तुहाइएको भन्दै क्रान्ति अझै सफल हुन नदिन अहिले प्रचण्ड आफै लागी परेको आरोप लगाउनु भयो ।