दलबहादुर सुनार
१७ भाद्र २०७५
गुलरिया,बर्दिया÷बाँके नेत्रहिन संघ बाकेको आयोजनामा समाबेशी शिक्षा सम्बन्धि २ दिने तालिम बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा समाबेशी शिक्षा प्रबर्धन (Promoting Inclusive Education ) पाई परियोजनाको उद्देश्य अनुसार शिक्षकहरुको लागि दुई दिने तालिम भएको हो । बिद्यालयको पहँुच भन्दा टाढा भएका अपांगता , दलित , जनजाती , सिमान्तकृत , अति बिपन्न बालबालिका लाई शिक्षाको मूल धारमा ल्याउन सघाउ पुर्याउने उद्देश्यले आयोजना गरिएको समाहित शिक्षा तालिममा बर्दियाका मधुबन ,बारबर्दिया ,बाँसगढी नगरपालिका र बढैयाताल नगर पालिका अन्तरगतका ६० विद्यालयका प्र.अ.हरुको सहभागिता रहेका थियो ।
बढैयाताल गाउँ पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आथित्यमा र बाँके नेत्रहिन संघ बाकेका सचिब भाबुकजंग थापाको अध्यक्ष्यतामा उद्धघाटन भएको २ दिने तालिम हिजो शनिबार सम्पन्न्न भएको हो ।
तालिममा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरका निर्देशक गणेश पौडेल , सोही केन्द्रका समाहित शिक्षा शाखा प्रमुख नारद धमला र बर्दिया अपांग पुनस्र्थापना केन्द्रका निर्देशक दलबहादुर सुनारले सहजिकरण गर्नु भएको थियो ।
२ दिन सम्म सञ्चालन हुने समाहित शिक्षा सम्बन्धिको तालिममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेल , र शाखा प्रमुख नारद धमलाले समाहित शिक्षा के हो ? कसका लागि ? किन ? र कसरी , अपांगताको प्रकार , अपांगता हुने कारण र बर्गिकरण र बिपत ब्यबस्थापन लगाएतका बिषयमा सहजिकरण गर्नु भएको थियो भने सहजकर्ता दलबहादुर सुनारले बिद्यालयलाई समाहित तथा अनुकुल बनाउन बिद्यालयको भुमिका, अपांगता तथा दलित बालबालिकाहरु बिद्यालय छोड्नुका कारण र उनलाई बिद्यालयमा समाहित गर्न बिद्यालयको भूमिका बिषयमा सहजीरकण गर्नु भएको थियो । सहजीकरण बिभन्न बिधी र प्रकृया पोष्टर र डकुमेण्ट्री द्धारा सहजिकरण गरिएको सस्थाले जनाएको छ ।
