दलबहादुर सुनार
१६ भाद्र २०७५
गुलरिया,बर्दिया÷बाँके नेत्रहिन संघ बाकेको आयोजनामा समाबेशी शिक्षा सम्बन्धि २ दिने तालिम हिजो बर्दियाको गुलरियामा शुभारम्भ भएको छ ।
प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा समाबेशी शिक्षा प्रबर्धन (Promoting Inclusive Education ) पाई परियोजनाको उद्देश्य अनुसार शिक्षकहरुको लागि दुई दिने तालिम हिजो शुरु भएको हो । बिद्यालयको पहँुच भन्दा टाढा भएका अपांगता , दलित , जनजाती , सिमान्तकृत , अति बिपन्न बालबालिका लाई शिक्षाको मूल धारमा ल्याउन सघाउ पुर्याउने उद्देश्यले आयोजना गरिएको समाहित शिक्षा तालिममा बर्दियाका मधुबन ,बारबर्दिया ,बाँसगढी नगरपालिका र बढैयाताल गाउँ पालिका अन्तरगतका ६० विद्यालयका प्र.अ.हरुको सहभागिता रहेका थियो ।
बढैयाताल गाउँ पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आथित्यमा र बाँके नेत्रहिन संघ बाकेका सचिब भाबुकजंग थापाको अध्यक्ष्यतामा सम्पन्न भएको उद्धघाटन कार्यक्रममा शिक्षा तथा
मानव श्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेल , शिक्षा बिभाग तथा समन्वय ईकाई बर्दियाका प्रमुख निलकण्ठ रेग्मी , प्लान इन्टरनेश्नल नेपाल फिल्ड कार्यालय नेपालगंजका शिक्षा बिभाग प्रमुख लगाएतले कार्यक्रमको सफलताको शुभकामना भनाई राख्नु भएको थियो ।
हिजो १५ गते उद्धघाटन भएको औपचारीक कार्यक्रमको उद्देश्यमाथी शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा प्रमुख नारद धमलाले प्रकास पार्नु भएको थियो भने पाई परियोजना बाँकेकी कार्यक्रम संयोजक दिपा पौडेलले सञ्चालन गर्नु भएको सस्थाले जनाएको छ ।
२ दिन सम्म सञ्चालन हुने समाहित शिक्षा सम्बन्धिको तालिममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेल , र शाखा प्रमुख नारद धमलाले समाहित शिक्षा के हो ? कसका लागि ? किन ? र कसरी भन्ने बिषयमा बिभन्न बिधी र प्रकृया द्धारा सहजिकरण गर्नु भएको कार्यक्रम संयोजक दीपा पौडेलले जानकारी दिनु भएको छ ।
