बर्दियामा १ सय २ जना अपाङ्गतालाई परिचय


दलबहादुर सुनार

राजापुर, बर्दिया÷ पुष २४ बर्दियामा अपांगता भएका ब्यक्तिहरुको लागि परिचय पत्र बितरण अभियान तिब्र पारिएको छ एकै दिनमा १ सय २ जना अपांगता भएका ब्यक्तिहरु लाई परिचय पत्र बितरण गरिएको छ  ।
अपांगता भएका ब्यक्तिहरुका लागि परिचय पत्रको सेवा स्थानिय स्तरमा उपलब्ध गराउने अभियानको क्रममा बिहिवार बर्दियाको राजापुरमा १०२ जना  अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र बितरण गरिएको हो ।
बर्दिया अपांग पुनस्थापना केन्द्रले महिला तथा बाल बालिका कार्यालय र स्थानिय निकाय संगको समन्वय तथा सहकार्यमा आयोजना गरिएको सिबिरमा जिल्ला सदरमुकाम संग आउन नसकेका अपांगता भएका भएका ब्यक्तिहरुले स्थानिय स्तरमा परिचय पत्र पाउदा खुसि ब्यक्त गरेका छन् ।
महिला तथा बाल बालिका कार्यालयकी प्रमुख गिराकुमारी बस्नेतको नेतृत्वमा गएको टोलिले राजापुर नगरपालिकामा परिचय पत्र बनाउन बाकी रहेका नया ८८ जना र १४ जना कार्ड परिर्तन समेत गरी जम्मा १०२ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको  महिला बिकास कार्यालय बर्दियाले जनाएको छ ।
शिबिरमा पूर्ण अशक्त (क) बर्गमा २४ जना  ,  अतिअशक्त (ख) बर्गमा ४८ जना   मध्यम अपांगता (ग) बर्गमा २५ जना  र  सामान्य (घ) बर्गको ४ जना लाई अपांगता परिचय पत्र बितरण गरिनुको साथै अन्य सेवा सुबिधाको बारेमा परामर्श परिएको थियो ।
महिला तथा बाल बालिका कार्यालय , जिल्ला अस्पताल बर्दियाको समन्वयमा  बर्दिया अपांग पुनस्र्थापना केन्द्र, बर्दिया नेत्रहिन संघ बर्दियाको संयोजनमा सिबिर सम्पन्न भएको सस्थाले जनाएको छ ।
बर्दियाका ८ वटै  स्थानिय तहमा परिचय पत्रको शिबिर सञ्चालन गर्नको लागि स्थानिय निकाय संग सम्मन्वय गरिएको बर्दिया अपांग पुनस्र्थापना केन्द्रले जनाएको छ ।
नेपाल सरकारले (क बर्ग ) पुर्ण अशक्त अपांगता भएका ब्यक्तिहरुको लागि मासिक रु २ हजार र (ख बर्ग) अति अशक्त अपांगता भएका ब्यक्तिहरुको लागि मासिक रु ६ सय सामाजिक सुरक्षा भत्ताको ब्यबसथा गरेको छ भने (ग) बर्ग र (घ) बर्गको लागि भने सामाजिक सुरक्षाको भक्ता बाहेक राज्यको अन्य सेवा सुबिधा जस्तै शिक्षा ,स्वास्थ्य, यातायात , रोजगार लगाएतको सुबिधाको ब्यबस्था रहेको जनाईएको छ ।