अनुज थारु
बाँसगढी,÷बर्दियाको बाँसगढीमा दोस्रो बाँसगढी औद्योगित व्यापार मेला तथा माघी महोत्सव २०७४ सञ्चालनको लागि मुल आयोजक समिति र उपसमितीहरु गठन गएिको छ । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा माघ ११ गते देखि २१ गते सम्म चल्ने महोत्सव सञ्चालनको लागि बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष कटक बिसिको संयोजकत्वमा मुल आयोजक समिति र उपसमितीहरु गठन गरिएको हो । बुधबार बसेको सँघको बैठकले मेला अबधी भर सचिवालयको लागी सचिव बिष्णु पौडेललाई तोकेको छ । त्यस्तै प्रचारप्रसार उपसमितीको संयोजकमा उपाध्यक्ष शंकर शर्मा, अथिती सत्कार उपसमितिको संयोजकमा संस्थापक अध्यक्ष पुष्पराज बराल, सुरक्षा व्यवस्थापन र युवा परिचालन उपसमिती संयोजकमा एकनारायण अधिकारी, मञ्च व्यवस्थापन तथा गेट निर्माण उपसमितिको संयोजकमा शिव देबकोटा, साँस्कृत तथा झाक्री व्यवस्थापन उपसमितीको संयोजकमा रामसिङ थारु, व्यानर प्रयोजन उपसमिती संयोजकमा बद्री बराल र बिद्युत खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिती संयोजकमा हरी लामिछानेलाई चयन गरिएको छ । वाणिज्य सँघको भवन निर्माण गर्ने उदेश्यका साथ सञ्चालन हुने महोत्सवको तयारी तिव्र पार्न आजै देखि बिभिन्न समितीहरुले काम गरिने जनाईएको छ ।
