दीपक शर्मा
बर्दिया १९ गते÷बाघको आक्रमण बाट बर्दियामा दुइ जना महिला घाइते भएका छन ।
भारतको जगलमा घास दाउरा गर्न गएका बर्दिया गुलरिया नगरपालिका वार्ड न ३ का ४० वर्षिय मुन्नी सन्चुरी र ३० वर्षिय सरिता गोडिया बाघको आक्रमण बाट गम्भिर घाइते भएका छन ।
घास दाउराका लागी सीमावर्ति भारतिय जगलमा गएका ति महिलाहरु माथि आज दिउसो करिब ३ वजेतिर बाघले आक्रमण गरेको हो । आक्रमण बाट घाइते भएका दुवै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये मुन्नीको अवस्था गम्भिर रहेको छ , उनको टाउको लगायत सरिरका अन्य भागमा गहिरो चोट लागेको चिकित्सकले बताएका छन ।
