टिकाराम चौधरी
१७ भाद्र बारबर्दिया,बर्दिया÷“समृृद्ध पुस्तकालय सुदृढ समाज” भन्ने मुलनाराका साथ ११ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकामा बिभित कार्यक्रम गरी मनाइएको छ । बारबर्दियाका बिभिन्न बिद्यालयका गरी २२ जना बिद्यार्थीहरु बीच पुस्तकालयलाई कसरी व्यवस्थीत गराउन र पुस्तकालयले समाज परिवर्तन कसरी हुन्छ भन्ने विषयमा बक्तृत्वकला तथा श्रुतीलेखन प्रतियोगीता कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दिया प्रमुख शंकर प्रसाद थारुले पुस्तकालयले समाजका निम्ति खेल्ने भुमिकाका विषयमा बोल्दै उपस्थित विद्यार्थीहरुले व्यक्त गरेका विचारहरुले समाज परिवर्तन गर्ने कुरामा विश्वास व्यक्त गर्नु भयो । समाजको परिवर्तनको वाहक भनेको बालबालिका नै भएको उल्लेख गर्नु भएको छ । बारबर्दिया नगरपालिकामा विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर नरहेको घोषणा गरेर राष्ट्रिय अभियानमा प्रथम हुन सफल भएको बताउनु भएको छ । यस नगरपालिकाको कार्यसफता देखेपछि बर्दियाका अन्य सात वटै स्थानीय तह पनि घोषणा गर्ने प्रयास गरिरहेको प्रमुख थारुले बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले यस वर्षलाई “शैक्षिक गुणस्तर अभिबृद्धि बर्ष २०७५” को रुपमा लिएर कार्य गरीरहेको बताउनु भएको छ । यस नगरपालिकामा विद्यालयमा विद्याथीहरुलाई मात्र नभई सिंगो समाजलाई नै अध्ययन शिल बनाउनको लागि वद्याथीहरु बीच पुस्तकालयको महत्वका बारेमा बकतृत्वक प्रतियोगीता गराएको नगरप्रमुख थारुले बताउनु भयो ।
बारबर्दिया नगरपालिकाको समाजिक विकास समितिका संयोजक निरञ्जन कुमार चौधरीले कार्यक्रममा सहभागी विद्यार्थीहरुद्धारा आएका विचारहरुलाई जिवनमा उतार्न सक्यो भने दिवसको सार्थकता हुने बताउनु भएको छ ।
बक्तृत्वकला प्रतियोगीतामा पेटरियड इंगलीस मिडियम स्कुल जयनगरकी साम्रित्य शर्मा प्रथम, अंशुवर्मा माध्यमिक विद्यालय मगरागाडीका प्रविन विक दृतीय, जनसेवा माध्यमिक विद्यालय बैदीका महेशराम थारु तृतीय र पाञ्चजन्य माध्यमिक विद्यालय पद्नाहाका रहिम खान सान्त्वना हुनु भएको छ । सो कार्यक्रममा श्रुतीलेखन प्रतियोगीता समेत गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र तथा बिजेता बिद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरीएको बारबर्दिया नगरकार्यपालिकाका नगरप्रवक्ता दुर्गा बहादुर विकले जानकारी गराउनु भएको छ ।
