बिकाशित नगर र समृद्ध नगरबाँसीका लागि जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लागौं


टाइम्स संवाददाता

०२ भाद्र ठाकुरबाबा,बर्दिया÷ठाकुरबाबा नगरपालिका अन्तरगत विभिन्न विषयगत शाखाहरु तथा वडा तहमा काम गर्ने कर्मचारीहरुको बैठक सम्पन्न भएको छ । वि.स. १९१० मा निर्माण गरिएको मुलुकी ऐनलाई प्रतिस्थापन गरी नयाँ समिता लागु हुने इतिहासिक दिनको रुपमा लिइएको २०७५ भाद्र १ का दिन सम्पन्न गरिएको उक्त बैठकमा नगरपालिका र वडालाई व्यवस्थित गर्दै सेवा ग्राहीहरुलाई मुस्कान सहितको सेवा प्रवाह गर्नका लागि विभिन्न निर्णयहरु गरिएको छ ।  ठाकुरबाबा न.पा.का नगर प्रमुख धन नारायण श्रेष्ठको प्रमुख अतिथ्य र नि.प्रमुख प्रशासकिय अधिकृत राम औतार हरिजनको अध्यक्ष्यतामा सम्पन्न उक्त बैठकमा कार्यालयमा डे«स र परिचय पत्र सहित कर्म चारीको नियमितता,सूचना अधिकारीको अपडेट, प्लाष्टिक र फोहोर मुक्त कार्यालय परिसर,कर्मचारीको आन्तरिक व्यवस्थापन,नागारिक वडा पत्र,सङ्कलित राजश्वको समयमा दाखिला सेवा ग्राही संग गरिने व्यवहार र मुस्कान सहितको सेवा प्रवाह जस्ता विषयमा विभिन्न निर्णयहरु गरिएको छ । कार्यक्रममा कार्यालय सहयोगी देखि प्रमुख सम्मले आफ्नो कार्य जिम्मेवारी वाहन गर्दा आई परेका समस्याहरुको बारेमा प्रकाश पार्दै यस्ता समस्याहरु समाधान गर्दै अघि बड्ने प्रतिबद्धता गरिएको थियो ।      कार्यक्रममा बोल्दै वडा – ८ का वडा अध्यक्ष निम प्रसाद थारु र ९ की वडा अध्यक्ष राधा चौधरीले वर्तमान परिस्थितिमा भई रहेका सेवा सुविधालाई प्रयोग गर्दै सिमित कर्मचारीहरुले मितव्ययी तवरले काम गर्नुको विकल्प नरहेको बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख धन नारायण श्रेष्ठले यो एउटा जटिल अवस्था भएकोले जनप्रतिनिध र कर्मचारी मिलेर आगाडि बढे मात्र यसको समना गर्न सकिने बताउदै हामीले चुनावमा जनता माझ बोलेका धेरै कुराहरु पुराहुन नसक्नुमा समयमै स्पष्ट ऐन नियम र कार्यविधिहरु बन्न नसक्नु,बनेकाहरुको पनि प्रभावकारी कार्यान्वयनका लागि दक्ष कर्मचारीहरुको अभाव र भएकै कर्मचारीहरुबाट समेत नयाँ परिसथिति अनुरुप पर्याप्त काम लिन नसक्नु तथा जनप्रतिनिधि र कर्मचारीहरु एउटै उदेश्य र सोचका साथ आगाडि बढ्न नसक्नु जस्ता कारणहरु जिम्मेवार रहेकाले अबका दिनहरुमा यस्ता कमजोरीहरुलाई कम गर्दै सचिकै जनतालाई गणतन्त्र र संघियताको प्रभावकारीता स्वरुप गाँउ गाँउमा सिंहदरबर आएको महसुस हुने गरी कार्य गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरु मिलेर आगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । साथै उहाँले विकासित ठाकुरबाबा नगरपालिका र समृद्ध नगरबाँसी बनाउनका लागि प्रतिबद्ध भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिदै यो प्रतिबद्धतामा आँच आउने कुनै पनि खालका क्रियाकलाप र गतिविधिका विरुद्ध आफु डटेर लाग्ने कुरा बताउनु भयो ।