महोत्सवको नाममा विकृति


दीपक शर्मा
बर्दिया,फाल्गुन २ गते ।महोत्सव भन्दै वित्तिकै आर्थिक सामाजिक पर्यटन पर्वद्धनका विषय बस्तु समेटिन्छन र यसको प्रचार प्रसारको माध्यमबाट स्थानियस्तरमा रोजगारी सगसगै  आयआर्जनको  लागी मार्ग प्रसस्त खोल्ने माध्यम बन्नु नै महोत्सव हो तर नेपालमा पछिल्लो पटक महोत्सवको नाममा विकृति र विंसगतिलाइ मलजल गरेको पाइएको छ । कलाकार आएपछि मात्रै दर्शकको भिड बढछ भन्ने सोचले जरा गाडेका कारण नै स्थानिय स्तरमा उत्पादन भएका सामाग्री , पर्यटन स्थल स्थायिन कला सस्कृतिको प्रचार प्रसार सोचे अनुसार नभइदिदा यी सवै ओझेलमा पर्ने गरेको पाइएको छ ।
हो महोत्सवको लागी चर्चित कलाकार देखि स्थानिय कलाकारहरुलाइ पनि स्थानदिनु पर्दछ तर त्यसको मान मर्यादा राख्नु पनि आबश्यक छ ।
महोत्सवमा आफनो कला प्रस्तुति गर्ने भन्दा पनि अंग प्रर्दशनका कारण अव आफना आफन्त सग महोत्सव हेर्न जान पनि लाज लाग्ने अवस्था आइसकेको छ । यसले के सन्देश दिन खोजीरहेको छ आयोजकले बुझन जरुरी छ ।
महोत्सवमा आफनो प्रस्तुती देखाउने क्रममा सरीरका कपडा फुकाल्दैै गर्दा कहाको पर्यटन प्रर्बद्धन हुन्छ , अनि कहाको स्थानिय कला सस्कृतिको संरक्षण हुन्छ यो गम्भिर र छलफलको विषय बन्न जरुरी रहेको छ । महोत्सवलाइ विकृति भित्रयाउने माध्यम होइन यसलाइ कला सस्कृतिको सरक्षण गर्ने खालको सव्य र भव्य बनाउन जरुरी छ अन्यथा क्षणिक रमाइलोको साधन नबनोस स्थानिय स्तरको कुनै पनि माध्यमबाट पहिचान बनोस , यता अहिले बर्दियाको राजापुरमा महोत्सव मंगलवार बाट सुरु भएको छ निकट भविश्यमै बारबर्दिया र मधुवन नगरपालिकामा महोत्सव हुदै छ यसै गरी बाकेको कोहलपुरमा जारी  औद्योगीक व्यापार मेला तथा पर्यटन महोत्सवमा के भैरहेको छ भन्ने कुरा सवैलाइ अवगत नै छ ।