३१ साउन २०७५
गुलरिया,बर्दिया÷हिजो गुलरिया जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–४ बाट ४ जना व्यक्तिहरु लागु औषध सेवन गरीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसै गरी गुलरिया नगरपालिका–७ चौगुर्जी गाँउबाट पनि लागु औषध सेवन गरी रहेको अवस्थामा प्रहरीले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका यी ७ जना व्यक्तिहरुलाई प्रहरीले लागु औषध गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारेको छ । नियन्त्रणमा रहेका व्यक्तिहरुमाथि थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक दल बहादुर बोगटीले जानकारी दिनु भयो ।
