दीपक शर्मा
भाद्र १२ गते
गुलरिया,बर्दिया÷संघ र प्रदेशले बनाउने नया शिक्षा ऐनमा बालविकास केन्द्रलाई शिक्षा नियमावलीको आठौं र नवौं संशोधनबाट आधारभुत संरचनामा समाबेस गरि दरवन्दि कायम गर्न जिल्ला स्तरिय बाल विकास शिक्षक संघर्ष समिति बर्दियाले माग गरेको छ ।
विभिन्न ९ बुदे माग राखेर गएको श्रावण महिना देखि विभिन्न किसीमका दवाब मुलक कार्यक्रम संचालन गरिरहेको अवस्थामा सोमवार बर्दियाका ८ वटै स्थानिय तहमा २ घन्टा धर्ना कार्यक्रममा बोल्दै नेपाल बालविकास शिक्षक संघर्ष समिति बर्दियाका उपाध्यक्ष लक्ष्मि गौतमले बाल शिक्षकले अहिले पाउदै आएको सेवा सुविधा, बालवालिकाले अध्ययन गर्ने भवन, बृद्धि गर्न र १० औ वर्ष देखि अध्यापन गराउदै आएकालाई शैक्षिक योग्यताको आधारमा हटाइने परिपार्टि बन्द गर्न माग गर्नु भयो ।
कार्यक्रममा गुलरिया नगरपालिकाका प्रसासकिय अधिकृत रामचन्द्र पौडेलले नगरपालिका क्षेत्रमा शैक्षिक स्तर सुधारका लागी योजना बनाएर अगाडि बढिरहेको जानकारी गराउदै वालशिक्षकका लागी यस वर्ष थोरै वजेट विनियोजन गरिएको भएपनि अर्काे वर्ष देखि त्यसलाई बृद्धि गरि अगाडि बढने बताउनु भयो । साथै उहाले संघर्ष बाट पछाडि नहट्न आग्रह गर्दै वाल शिक्षकको समस्या चाडै हल हुने विश्वास व्यक्त गर्नु भयो ।
बर्दियाको गुलरिया नगरपालिकामा २ घन्टा धर्ना कार्यक्रमको समापन समारोहमा वोल्दै नेपाल शिक्षक संघ महासघ गुलरिया नगरपालिकाका अध्यक्ष दिपबहादुर घर्ति, नेपाल शिक्षक संघका नगर अध्यक्ष मदन सीग्देल र संगठनका अध्यक्ष यज्ञ रिजालले समर्थन जनाउदै अव यो समस्या समाधानका लागी स्थानिय सरकार सगसगै केन्द्र पनि योजना बनाएर अगाडि बढनु पर्ने बताउनु भयो ।
बाल विकास शिक्षकले संघ र प्रदेशले बनाउने नया शिक्षा ऐनमा बालविकास केन्द्रलाई शिक्षा नियमावलीको आठौं र नवौं संशोधनबाट आधारभुत संरचनामा समाबेस गरि दरवन्दि कायम गर्नु पर्ने, प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत शिक्षकलाई सामान्य प्रक्रियाबाट दरवन्दिमा समायोजन गरिनुपर्ने, प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुको सेवा, सर्त र सुविधा आधारभुत तह सरह कायम गरिनु पर्ने, स्थानिय सरकारको निति निर्माण गर्दा बाल विकास शिक्षक संञ्जाललाई पनि अनिवार्य सहभागी गराइने व्यवस्था मिलाउनु पर्ने, सवै समुदायमा आधारित बाल विकास केन्द्रहरुलाई विद्यालयमा समायोजन गरिनुपर्ने लगायत ९ वुदे माग राखी आन्दोलनको पहिलो चरण सम्पन्न गरेको छ भने आगामि भाद्र २२ गते केन्द्रिय स्तरमा बैठक वसी थप आन्दोलनका कार्यक्रम हरु अगाडि बढाइने बताइएको छ ।
