रामप्रसाद चौहान
०१ भाद्र २०७५
गुलरिया,बर्दिया÷सुनसरी बराह क्षेत्रका नेपाल साइकल यात्री ओम प्रकाश बानिँयाले देशमा शान्ति समवृद्धि र स्थायित्व कायम होस् भन्ने मुल नाराको साथ ६१ औं जिल्लाको दौरानमा हिजो बर्दियामा आएका छन् । उनले साईकलबाट नै ७७ वटा जिल्लाको अबलोकन गर्नेछन् । अबलोकनकै क्रममा बानिँया हिँजो बबई बहुमुखी क्याम्पसमा समेत आएका थिए । बानिँयालाई बबई बहुमुखी क्याम्पसमा सहाक चिफ सुनिल कुमार आचार्यले स्वागत तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने बानिँया आज ५ महिना ३ दिनमा ६० जिल्लाको यात्रा गरेर ६१ औं जिल्ला बर्दियामा प्रबेश गरेका हुन । उनको असोज १७ गतेसम्म ७७ वटै जिल्लामा अबलोकन यात्रा
गरीसक्ने उनको उद्धेश्य रहेको छ । यहाको कृष्णसार संरक्षण क्षेत्र लगाएतबिभिन्न ठाँउमा समेत अवलोकन गरे । त्यसै गरी आफुले यात्रा गर्ने क्रममा आएका चुनौतीहरुलाई मध्यनजर गर्दै आफ्नो यात्रामा निरन्तरता दिईरहेको समेत बानिँयाले जानकारी दिए । नेपालको हिमाल,पहाड र तराईमा कसरी विभिन्न जानजाति, धर्म, भाषा भाषीक,सांस्कृति रहनसहन र बिबिधता बिच पनि एकता कायम गरी मिलेर बसेका छन् ति सबैको प्रत्यक्ष अवलोकन गरी आफुले गरेको यात्रा को बिषयमा समेत एउटा किताब प्रकाशन गर्ने समेत बानिँयाले बताए । नेपालमा ७५ जिल्ला छदा २ जना व्यक्तिले पुरै जिल्लाहरुको साइकल यात्रा गरेका थिए भने नेपाल संघियतामा गएपछि ७७ वटा जिल्ला भएका छन् । ती ७७ वटै जिल्लाको साइकल यात्रा गर्र्ने पहिलो व्यक्ति हुने लक्ष्यले आफ्नो यात्रालाई निरन्तरता दिईरहेको बताए ।
