सामाजिक बिकृति रोकथामको लागि तीजगीत प्रतियोगिता हुदै


बिष्णु तिमिल्सिना
१९ भाद्र गुलरिया,बर्दिया÷वर्तमान समयमा नेपाली लोक सास्कृति र तीजका गीतहरुमा देखिएकोका बिसंगतीलाई रोकथाम गर्ने उदेश्यले रेडियो बबई १०६ मेगाहर्जले तीजगीत नृत्य प्रतियोगीता गर्ने भएको छ । बर्दिया सामुदायिक संचार केन्द्रद्धारा संचालित रेडियो बबईले यहि भाद्र २५ गते गुलरियामा तीजगीत नृत्य प्रतियोगतिा गर्न लागेको हो ।
तीजगीत तथा नृत्यहरुमा पछिल्लो समयमा आएका बिकृतिहरुले जडा गाडेको अबस्थामा वर्तमान परिवेशमा दुख सुख आदानप्रदान गरी छाडापनलाई रोकथाम गरी मौलिक कला संस्कृतिको संरक्षण, प्रर्वधन गर्ने उदेश्यले प्रतियोगीता सञ्चालन गर्नलागेको बर्दिया सामुदायिक संचार केन्द्र तथा रेडियोका अध्यक्ष ईन्द्र कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
प्रतियोगीता सञ्चालन गर्नु पुर्व प्रचारप्रसार तथा प्रतियोगीता सञ्चालन गर्न सञ्चारकर्मीहरु संग संल्लाह सुझाब लिनको लागि पत्रकार समेलन आयोजना गरीएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो । प्रतियोगीता खुल्ला तीजगीत नृत्य हुने, १६ टीम भन्दा बढी समाबेश नगराउने, प्रतियोगितामा प्रथम, दृतीय, तृतीयलाई क्रमशः १५,१०र५ हजार नगद पुरस्कार सहित सहभागीहरुलाई प्रमाण पत्र पनि प्रदान गर्ने, कलाकारहरुको आमन्त्रण गर्ने जानकारी गराउनु भएको छ ।
पत्रकारहरुले पनि आफ्नो जिज्ञाशा राख्दै प्रतियोगीता बिषयबस्तु केन्द्रित गराउदा राम्रो हुने, मौलिक गीत तथा पहिरणलाई प्राथमिकता दिए राम्रो हुने र मुल्याँकन गर्न पनि सहज हुने सुझाब समेत दिनु भएको छ । पत्रकार सम्मेलनमा बर्दियाका बिभिन्न संचारमाध्यममा आबद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो ।