२५ औ बिशव आदिबासी जनजातीको दिबशको अबसरमा अन्तरक्रिया


दलबहादुर सुनार
२३ श्रावण २०७५
स्यालीबजार,बर्दिया÷२५ औ बिश्व आदिबासी जनजातीको बिबसको अवसमा बढैयाता वडा ८ स्यालीबजारमा आज अन्तरक्रिया कार्यक्रम सम्पनन भएको छ ।
कर्मशिल नेपाल र यूवा सामुदायिक उत्थान मञ्च नेपाल बढैयाताको संयुक्त संयोजनमा भएको २५ औ बिश्व आदिबासी जनजातीको दिबशको अबसरमा आयोजित कार्यक्रमका सहभागिहरुले आदीबासी जनजातिका लागि बनेका ऐन ,नीति नियम प्रभाबकारी तथा ब्यबहारमा कार्यान्वयन हुनु पर्नेमा जोड दिएका थिए ।
बढैयाताल गाँउ पालिकाका वडा नम्बर ७,८ ९ र कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रको सहयोग रहेको कार्यक्रममा कर्मशिल नेपालका अध्यक्ष एवं मानब अधिकार कर्मी शुसील चौधरीले नेपालमा आदीबासी जनजातीको आर्थिक, सामाजिक, सास्कृतीक अवस्था र राज्य द्धारा प्रद्धत अधिकारका बारेमा सहजिकरण गर्नु भएको थियो ।
आदिबासी जनजाती बढैयाताल ८ का सक्रिय कार्यकर्ता मनबहादुर घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रम कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रका अध्यक्ष दिल्ली प्रसाद गौतम , नेत्र बहादुर गुरुङ्ग , स्थानिय पत्रकार लगाएतले दिबशको अवसरमा शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन तथा स्वागत सामुदायिक उत्थान मञ्चका अध्यक्ष राधेश्याम थारुले गर्नु भएको कार्यक्रममा झण्डै ७० जनाको सहभागिता रहेको सस्थाले जनाएको छ ।