३५ औँ अन्तराष्ट्रिय बेपत्ता दिबस मनाइयो


पबित्रा पौडेल
१४ भाद्र गुलरिया,बर्दिया÷३५ औँ अन्तराष्ट्रिय बेपत्ता दिबसको अबसरमा द्वन्द पिडित समिति बर्दियाको आयोजनामा गुलरियामा अन्तरक्रिया कार्यक्रम भएको छ ।  बेपत्ता पारिएको ब्यक्तिहरुको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएको थियो । बेपत्ता परिएका व्यक्तिहरुलाई सम्झने तथा पिडितहरुको न्यायको पक्षमा वकालत गर्ने, बेपत्ता भएको व्यक्तिहरुको अवस्था के छ जिवित छन् वा मरिसके,पिडकलाई कानून बमोजिम सजाय दिनु यस दिवसको मुख्य उदेश्य हो । यो दिबस प्रत्यक बर्षको ३० अगष्टमा बेपत्ता पारिएका ब्यक्तिहरुको सम्झनामा मनाउने गरिन्छ ।  नेपालमा तत्कालिन माओबादि बिद्रोहिहरु द्वारा घोषित शसस्त्र जनयुद्धको घोषणा पश्चात राज्य र बिद्रोहि पक्षद्धारा १ एक हजार ३ सय ४७ जना ब्यक्तिहरु बेपत्ता पारिएको आई सी आर सी ले जनाएको छ । जसमा मध्यपश्चिम र सुदुरपश्चिमबाट मात्र ७ सय २१ जना बेपत्ता भएको  उल्लेख छ । भने मानब अधिकारको क्षेत्रमा संलग्न संस्थाहरुले यसको संख्या घटभढ भएको जनाएको छ । साथै ईन्सेकले मुलुक भरि १ हजार ६ जना बेपत्ताभएको जनाएको छ । भने मध्य र सुदुरपश्चिममा सबै भन्दा बढी ४ सय ८१ जना बेपत्ता परीएको तथ्याङ्कमा उल्लेख छ । बर्दिया जिल्लाको हकमा हेर्दा २ सय ६६ जना बेपत्ता भएको सरकारी तथ्याङ्कमा छ । जसमा हाल २ सय ५५ जनाले मात्र राहत पाएका छन् । सोही दिवसको अवसरमा बर्दियामा बेपत्ता भएका २ सय ६६ जना व्यक्तिहरुको सम्झानामा आज गुलरियाको राधाकृष्ण चोकमा दिप प्रज्वलन गरिनेछ ।