कांग्रेस नै विकासको बाधकः एमाले उपाध्यक्ष गौतमको दाबी

Avatar
admin

२०७४ कार्तिक ३० गते, बिहीबार ०९:२५ मा प्रकाशित

बर्दिया ३० कार्तिक ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं बर्दिया क्षेत्र नं. १ का प्रतिनीधि सभा उम्मेद्वार बामदेव गौतमले नेपाली कांग्रेसको बर्दियाको विकासमा कुनैपनि भुमिका नरहेको बताउँदै बर्दियालाई विकासको गतिमा अगाडी बढाउन चाहने कम्युनिष्टको पनि बाधक बनिरहेको बताए ।
उपाध्यक्ष गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ६ दमौलीमा आयोजना गरिएको कार्यक्रममा २०५० सालमा निर्माण गरिएको बबई सिंचाई आयोजनामा कांग्रेसले गरेको बाधा र वाम गठबन्धनको चुनावलाई विथोल्न कम्युनिष्टहरुलाई पैसाले खरिदन खोजेको कुरा प्रष्ट्याउँदै उनले कांग्रेसले केवल देशमा राजतन्त्र फर्काउन खोजेर शाही शासन लागु गर्न खोजेको बताए ।
गौतमले कांग्रेसले जस्तु सुकै षडयन्त्र र चालको गोटी खेलेपनि जनता कांग्रेससंग अर्को गोटी खेल्न तयार रहेको बताए । उनले देशमा राजतन्त्र फर्काउन चाहाने कांग्रेसलाई यदि कांग्रेसले लोकतन्त्रलाई मासेर राजतन्त्र फर्काउनै चोहेको हो भने राजासंगै कांग्रेस पनि सति जान तयार भए हुन्छ भन्दै कांग्रेसलाई सति प्रथामा जलाउन चुनौति दिए ।
गौतमले नेपालको अबको विकास केवल वाम गठबन्धनको सरकारले मात्र गर्नेछ भन्दै उनले वाम सरकारको पहिलो काम भारतसंग प्रतिस्पर्धा गर्ने रहेको बताए । अबको ५ वर्षमा भारतसंग प्रतिस्पर्धामा उत्रने बताउँदै उपाध्यक्ष गौतमले १० वर्षमा चीनसंग प्रतिस्पर्धा गर्ने र १५ वर्षमा चीन भन्दा उत्कृष्ट हुने लक्ष्य रहेको बताए ।
गौतमले स्थानिय स्तरमा मात्र नभई समग्र देशकै विकासकालागि अबको वाम सरकारले चुस्त र दुरुस्त रुपमा काम गर्नेछ भन्दै जनतालाई गठबन्धन सरकालाई विश्वास गर्न आग्रह गरे । उनले  बर्दियाको विकासकालागि अब आफुले कुनै कसर बाँकी नराखि काम गरेर देखाउने पनि बताउँदै आफुलाई यो निर्वाचनमा जिताउन आग्रह पनि गरे ।
उपाध्यक्ष गौतमले बर्दियामा निर्माण गरिने संरचनाहरु १०० वर्ष सम्म टिकाउ हुने गरि बनाईने बताए । वि.सं. २०५० सालमा बर्दियाको बाँसगढीमा पहिलो पकट पिसिओबाट टेलिफोन सेवा सुचारु गर्ने बामदेवको कामप्रति बामदेवले अहिले बोलेका विकासका एजेण्डाप्रति पनि बर्दियाली जनताले विश्वास गरेका छन् ।
२०४९ सालको प्रजातन्त्र पुर्नस्थापनापछिको पहिलो आम निर्वाचनमा जितेपछि गौतमले बर्दियाका विभिन्न ठाउँहरुमा बिजुली, सिंचाई, टेलिफोन आदि सबै कुराको विस्तार गरि बर्दियाका जनतालाई सेवा प्रदान गरका थिए ।
गौतमले बोलेको कुरा पुरा गर्छन भन्नेमा विश्वस्त बर्दियाका जनताहरु यस पटक पनि गौतमले आफुले बोलेका कुरा पुरा गरेर बर्दियालाई देशकै नमुना जिल्ला बनाउनेमा विश्वस्त देखिएका छन् ।