पुर्णरुपमा सुकुम्बासी समस्या समाधान गर्छाैँः तिलक शर्मा

Avatar
admin

२०७४ कार्तिक ३० गते, बिहीबार १०:३७ मा प्रकाशित

Tilak Sharma Himal

बर्दिया, कात्तिक ३० गते
बाम गठबन्धन(माओबादी केन्द्र) बर्दिया क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्यका उम्मेद्धार तिलक शर्मा(हिमाल)ले बर्दियाका मुक्त कमैयाँ, सुकुम्बासी र भूमिहिनहरुको सम्पुर्ण समस्या ५ बर्ष भित्रमा समाधान गर्ने बताउनु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ भाटपुर मुक्तकमैया बस्तीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बर्दियाका सुकुम्बा, मुक्तकमैया तथा भूमिहनहरुको समस्या समाधान गर्न कुनै कस्सर बाँकी नराख्ने  बताउनु भएको हो ।
प्रदेश सभा सदस्यका उम्मेद्धार हिमाल शर्माले बैज्ञानिक भूमिसुधार गर्नु पर्ने आबश्यकता अनुसार बर्दियाबासी कसैलाई पनि भूमिबाट बाँञ्चित नगराउने बताउनु भएको छ । मुक्तकमैया, सुकुम्बासीहरुलाई जग्गाधनि पुर्जा, भूमिहिनहरुलाई जग्गा सहित जग्गा धनिपुर्जा आफ्नो बामगठबन्धनको सरकारकै पालामा बितरण गरि सुकुम्बासी समस्याको सामाधान गर्नु भएको छ ।
यसैगरी प्रदेश सभा सदस्यका उम्मेद्धार हिमाल शर्माले बारबर्दियाको वडा नम्बर ६ मानपुरमा संयुक्त युवा टोलीलाई प्रशिक्षण गर्दै युवाहरुलाई स्वरोजगार हुने गरि नै कार्यक्रम ल्याउने बताउनु भएको छ । युवाहरुको ईच्छा र क्षमताको आधारण ब्यबसायिक सीपप्रदान गरी स्वदेशमा नै रोजगार सिर्जना गर्ने खालको कार्यक्रम ल्याएर युवाहरुलाई आत्मनिर्भर बनाउने बताउनु भएको छ ।
‘आफ्नो देश आफै बनाउँ ’ भन्ने  अभियानका साथ युवाहरुलाई देश बिकासमा लगाउने र नेपाललाई बिकसित सम्बृद्ध नेपाल बनाउने बताउनु भएको छ । युवाहरुलाई बिदेश जानबाट रोकेर देश बिकासमै लगाउने उम्मेद्धार हिमाल शर्माले बताउनु भएको छ ।
साथै महिलाहरुलाई पनि राज्यको मुलधारमा ल्याएर राजनितिक क्षेत्रमा अगाडी बढाउनमा अग्रसर बनाउने बताउनु भएको छ । महिलाहरुको सहभागिता हरेक निकायमा अर्थपुर्ण बनाउनलाई महिला शक्तिकरणका कार्यक्रमहरु ल्याएर जुझारु , कर्मत र शिर्जशिल महिला बनाउने बताउनु भएको छ ।