बाम गठबन्धन जिताउन युवा विद्यार्थी परिचालन समिति गठन

Avatar
admin

२०७४ कार्तिक ३० गते, बिहीबार १२:१२ मा प्रकाशित

IMG_20171116_134824बर्दिया, कात्तिक ३० गते
बाम गठबन्धनलाई जिताउनका लागि बर्दियाको बढैया गाउँपालिका स्तरीय संयुक्त युवा तथा विद्यार्थी प्रचार प्रसार समिति गठन भएको छ ।
चुनावी अभियान सञ्चालनका लागि सहयोग पुर्याउने उद्देश्यले युवा तथा विद्यार्थी प्रचार प्रसार समिति गठन गरीएको विद्यार्थी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियुन केन्द्रिय कमिटिका कोषाध्यक्ष झपिन्द्र खत्रीले बताए ।

उनले अहिले बाम गठबन्धनले जित्नु देश कै आवश्यक्ता रहेको बताउँदै चुनावी अभियानका लागि प्रचार प्रसार समिति गठन गरीएको हो । बढैयाताल गाउँपालिकामा १ सय २५ सदस्यीय युवा परिचालन समिति गठन भएको कोषाध्यक्ष खत्रीले बताए । बाम गठबन्धनलाई जिताउनका लागि कम्मर कसरे लागेको युवाहरुले बताएका छन् ।
युवा भेला कार्यक्रमका प्रमुख अतिथी प्रतिनीधि सभाका सभासद् श्याम ढकाल रहेका थिए । भने विशेष अतिथी किसान महासंघका केन्द्रिय उपाध्यक्ष शारदा सुवेदी, पुर्व सभासद् डिवि कार्की वाईसिएलका केन्द्रीय सदस्य राजु रानाभाट, युवा संघका केन्द्रिय सदस्य हरीशदेव गौतम, अनेरास्ववियुका केन्द्रिय सदस्य जितबहादुर रोकाय, युवा संघ नेपाल बर्दियाका अध्यक्ष धु्रव थापा, लगाएतका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको उपस्थीती रहेको थियो ।