कांग्रेसले जस्तो एउटा व्यक्ति होईन, अब समग्र देश र जनताको सम्बृद्धि हुनेछ र त्यो कम्युनिष्ट सरकारले गराउनेछ : एमाले वरिष्ठ उपाध्यक्ष गौतम

Avatar
admin

२०७४ मंसिर ३ गते, आईतवार ०४:२५ मा प्रकाशित

बर्दिया १ मंसिर ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले नेपाली कांग्रेसमा समाज भन्दापनि व्यक्ति धनी र सम्बृद्धि हुने प्रवृति भएको हुनाले कम्युनिष्टले व्यक्ति नभई सिंगो समाज र देशलाई नै धनी र सम्बृद्धि बनाउने बताए ।
उनले नेपाली कांग्रेस सम्बृद्धशाली नेपालको विरोधी रहेको बताउँदै कांग्रेसले अब कुनै पनि समाज र देश विरोधि काम गर्न नपाउने बताए । अबको वाम गठबन्धनको सरकारले मात्र देश र जनतालाई सम्बृद्धि बनाउनेछ भन्दै उपाध्यक्ष गौतमले कम्युनिष्टलाई पार्टीको नीति र सिद्धान्तमा रहन आग्रह गरे ।
बर्दिया क्षेत्र नंंंं. १ बाट प्रतिनीधि सभा उम्मेद्वार उपाध्यक्ष गौतमले यो निर्वाचनसंगै कांग्रेसको राजनीति समाप्त हुने भन्दै देश चलाउने सपना अब कांग्रेसले नदेखेकै राम्रो भन्ने सुझाव दिए ।
कांग्रेसले अब कुनैपनि हालतमा सरकार चलाउन नपाउने बताउँदै जनताले कांग्रेसको तानाशाही व्यवस्था र कालो व्यापारलाई बुझिसकेको बताए । साथै उनले वाम गठबन्धनलाई हराउन कांग्रेसले जेपनि गर्न सक्छ भन्दै उस्ले देखाएका कुनैपनि लोभ र प्रलोभनमा परेर कम्युनिष्टको सिद्धान्तमा दाग नलगाउन आग्रह गरे ।
वाम गठबन्धनको एकतामा कम्युनिष्टको सरकार बन्नेमा कांग्रेस ढुक्क भएको भन्दै गौतमले त्यही एकतालाई चुनावको अधिल्लो दिनसम्मपनि बिथोल्न सक्नेमा सबैलाई सचेत रहन पनि आग्रह गरे ।
बर्दियाको बढैयाताल गाउँपालिमा सम्पन्न भएको संयुक्त अनेम संघ र अनेम क्रान्तिकारी संघ बर्दियाको आयोजनामा गरिएको कार्यक्रममा उपाध्यक्ष गौतमले महिलाहरुलाई राजनीतिमा सक्रिय भएर लाग्न जोड दिए ।
उपाध्यक्ष गौतमले महिलाले शिक्षा, स्वास्थ्य, राजनीति, श्रम, आदि सबै क्षेत्रमा पाउने सेवा सुविधाका बारेमा उपस्थित सबै महिलालाई एमालेको घोषणा पत्रमा उल्लेख भएको कुरा जानकारी गराएका थिए ।
वाम गठबन्धनका उम्मेद्वारलाई जिताउनकालागि एमालेको भातृ संगठन अनेम संघ र अनेम क्रान्तिकारी संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय सांस्कृत बिभागका तुल्सा थापाले अबको राजनीतिको बागडोर महिलाले नै लिनु पर्छ भन्नेमा जोड दिईन् ।
बर्दिया बढैयाताल गाउँपालिकाका सम्पुर्ण महिलाहरुको सहभागिता रहेको उक्त भेलामा
प्रदेश सभाका उम्मेद्वार कवीराम चौधरी, कौशिला सिंह ठकुरी, राधा आर्चाय, बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा गौतम, एमाले पोलिटब्युरो सदस्य एवं बर्दिया ईन्चार्ज  गौरा लगाएतले वाम गठबन्धन जिताउने विषयमा आफ्ना विचारहरु राखेका थिए ।