एक बर्षमा ८८ ओटा कृष्णसारको मृत्यु ,४४ ओटा चितुवाको शिकार

Avatar
admin

२०७५ श्रावण २२ गते, मंगलवार ०६:२२ मा प्रकाशित

IMG_5289फोटो चितुवाको आक्रमणबाट मरेको कृष्णसार
यज्ञप्रसाद सापकोटा
२२ साउन गुलरिया,बर्दिया ÷कृष्णसार संरक्षण क्षेत्रमा एक बर्षमा ८८ ओटा कृष्णसारको मृत्यु भएको छ । नेपाल सरकारले विश्व कै दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षणका लागि संरक्षण क्षेत्र घोषणा गरी कार्यालय स्थापना गरेपनि उचीत व्यवस्थापनको अभावमा कृष्णसार मर्ने क्रम रोकिएको छैन ।
प्राकृतिक बासस्थानका रुपमा बर्दियाको पण्डितपुर, खैरापुर क्षेत्रमा रहेको कृष्णसार हरेक बर्ष विभिन्न कारणले मर्ने गरेका छन् । आर्थिक बर्ष २०७४।७५ मा कृष्णसार संरक्षण क्षेत्रका ४४ ओटा कृष्णसार चितुवाको अक्रमणबाट मरेका छन् । त्यसैगरी २०७४ साउनको अन्तिम सातामा आएको बाढिमा डुबेर १८ ओटा कृष्णसार मरेका थिए । हुँडारको आक्रमणबाट १० ओटा प्राकृतिक रुपमा ९ ओटा, कुकुरको आक्रमणबाट २ ओटा र ४ ओटा मृत्युको कारण नखुली मरेका थिए । अघिल्लो आर्थिबर्ष २०७३।७४ मा ६८ ओटा कृष्णसारको मृत्यु भएको थियो । जसमा ३९ ओटा कृष्णसारहरु चितुवाको आक्रमणबाट मरेका थिए ।
चितुवाको आक्रमणबाट कृष्णसार मर्ने क्रम बढ्न थालेपछि कृष्णसारलाई आक्रमण गर्ने चितुवालाई करिब एक महिना लगाएर पासोमा फसाई बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरीएको थियो । सो चितुवाको ठाउँमा फेरी अर्को चितुवा आई कृष्णसारको शिकार गर्न थालेपछि पुनः कृष्णसार घट्न थालेका हुन् ।
२०३३ सालमा ९ ओटा को संख्यामा रहेका कृष्णसार २०४६ सालमा १ सय ७७ पुगेका थिए भने २०५६ सालमा घटेर ५० ओटामा मात्र रहेका थिए । त्यसपछि थप व्यवस्थित रुपमा गणना र संरक्षण गर्न थालेपछि ्र२०७० सालमा कृष्णसार संरक्षण क्षेत्रमा ३ सय ओटा कृष्णसार पुगेका थिए । हाल कृष्णसार संरक्षण क्षेत्रमा ५४ भाले, १ सय २७ पोथी र २० बच्चा गरी २ सय १ ओटा कृष्णसार रहेको कृष्णसार संरक्षण क्षेत्रले जनाएको छ । कृष्णसार संरक्षण क्षेत्र भित्र रहेका ऐलानी जग्गामा बसीरहेको बस्तीको व्यवस्थापन नहुनु, चितुवाको आक्रमण बढ्दै जानु, बबई नदिमा बर्षेनी आउने बाढीका कारणले कृष्णसारको संख्या घट्दै गएको छ ।