बिकृतीको बिरुद्ध बढैयातलका बिद्यालयको एक्यबद्धता

Avatar
admin

२०७५ आश्विन २२ गते, सोमबार ०५:३४ मा प्रकाशित

download (1)दलबहादुर सुनार
२२ असोज २०७५ मैनापोखर÷बर्दियाको बढैयाताल अन्तरगतका बिद्यालयहरुले बिकृति बिरुद्धको अभियानमा साथ दिने एक्यबद्धता जनाएका छन् ।
ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले नागरीक र प्रहरी बिचको समधुर सम्बन्ध बिस्तार गर्ने उद्देश्यले आईतबार आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा एक्यबद्धता जनाएका हुन् ।
सामुदायिक तथा निजी बिद्यालयका झण्डै २५ बिद्यालयका प्र.अ., निर्वाचित वडा अध्यक्ष लगाएत ३५ जनाको उपस्थित रहेको उक्त कार्यक्रममा अधिकांश शिक्षकहरुको एउटै भनाई थियो प्रहरीले बिद्यालयलाई सम्झेर बोलाएको यो पहिलो पटक हो । बिगतमा प्रहरीको गतिबिधि जनमैत्री नभएको , बिकृती बिसंगती प्रति प्रहरीले कुनैपनि योजना नल्याएको भन्दै यस ईलाका प्रहरी कार्यालयमा भर्खर आउनु भएका प्रहरी निरिक्षकले शान्त, सभ्य र अपाराध मुक्त समाज निर्माणमा ठोस योजना ल्याउनु भएकोमा धन्यबाद दिदै यस्तो अभियानमा सबै बिद्यालयको साथ र एक्यबद्धताको प्रतिबद्धता समेत गरेका थिए ।
लागुऔषध प्रयोग गर्नेहरुले रातीको समयमा बिद्यालयको ढोका तोडफोड गरी सेबन गर्ने गरेको जानकारी गराउदै यस्तो सेवन गर्नेहरुको संख्या दिनाहुदिन बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै प्रहरीले यस प्रति ध्यान दिनु पर्ने र त्यस्ता बिद्यालयमा रातिको समयमा छड्के चेकजाच गर्नु पर्ने सुझाब समेत दिएका थिए ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक लक्षमण ओलीले सभ्य तथा समृद्ध समाज निमार्ण गर्न सबैको साझा लक्ष्य बन्नु पर्दछ किन कि प्रहरी मात्रको भन्दै बिधिको शासन नीतिको प्रशासन लाई सबैले आत्म साथ गर्न त्यतिकै जरुरी छ अहिले यस ईलाका प्रहरी कार्यालय मैनापोखरले एक बर्षे सुदृढीकरण सम्बन्धिको योजना बनाई नागरीकले अनुभुति गर्ने खालको अभियानमा लागेको बताउनु भयो । बिद्यालयमा सिकेका ज्ञान शिपलाई समाजमा सहि तरिकाले प्रयोग गर्ने हो भने समाज रुपान्तरण हुनसक्ने बताउनु भयो । अहिले किसोरीहरु योन जन्य घटनाको सिकार भएकोले त्यस्ता घटना वाट कसरी बच्न सकिन्छ भन्ने शिप दिन आवश्यक भएको हुदा बिद्यालय संग समन्वय तथा सहकार्य गरी प्रतिरक्षा सम्बन्धि शिप तथा जानकारी गराउन बिद्यालयमा अभियान सञ्चालन गरिने बताउनु भयो । प्रहरी निरिक्षक ओलीले सहभागिहरु वाट आएका जिज्ञासाहरुको उत्तर दिदै बिगतमा प्रहरीले के के गरे त्यस प्रति म केही भन्न चाहन्न म आर्थिक मामिलामा सुन्य सहनसिलतामा बिश्वास गर्छु र यस कार्यालय मातहतका प्रहरी चौकीका कुनै पनि प्रहरीले कुनै पनि बाहनामा आर्थिक लाभ गरेको थाहा भए तुरुन्त खबर गर्नुस म कार्वाही गर्ने प्रतिद्धता समेत गर्नु भयो ।
शुभकामना एकेडेमी कण्ठपुरका प्रिन्सिपल तेजनाथ पौडेलेले प्रहरी र नागरीक समाजद्धारा समाजिक बिकृतिको बिरुद्ध सञ्चालन भएको महान अभियान लाई सफल पार्न सबैको सहयोगको अपरिहार्य भएको भन्दै यस अभियानमा ब्यानर तथा पम्प्लेट सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको जनाईएको छ ।