गुलरिया गाउँमा फेला परेको अजिङ्गरको उद्दार

२०७७ असार १२ गते, शुक्रबार १४:०० मा प्रकाशित

रामप्रसाद चौहान
१२ असार गुलरिया,बर्दिया/आज बिहान गुलरिया नगरपालिका–७ गुलरिया गाउँमा फेला परेको अजिङ्गर सर्पको उद्दार गरिएको छ ।

राम मिलन मुराउँको घरको भान्सा कोठामा रहेको अजिङ्गर सर्पको उद्दार गरिएको शसस्त्र प्रहरी सेनामुखका इन्चार्ज प्रहरी नायव निरीक्षक उत्तम बिष्टले बताउनु भयो ।
फेला परेको अजिङ्गर सर्प करिब १ मिटर भन्दा बढी लामो थियो ।

फेला परेको अजिङ्गर सर्प जिल्ला बन कार्यालय गुलरियालाई बुझाएको शसस्त्र प्रहरी सेनामुखका इन्चार्ज प्रहरी नायव निरीक्षक उत्तम बिष्टले बताउनु भयो ।