सर्पले डसेर दैलेखमा युवकको मृत्यु

Avatar
admin

२०७७ असार २५ गते, बिहीबार १३:४४ मा प्रकाशित

२५ असार, सुर्खेत । सर्पले डसेर दैलेखमा एकजना युवकको मृत्यु भएको छ । नारायण नगरपालिका-२ कुसाडाका २० वर्षीय ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनलाई बुधबार राति २ बजे घरमै सुतिरहेका बेला सर्पले डसेको थियो । उनकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको बताइएको छ । उनको दैलेख अस्पताल मा उपचार भइरहेको छ ।