असोजमा ‘ह्वाइट हाउस एसईई प्रिन्सेज’ छानिने

Avatar
admin

२०७७ श्रावण ११ गते, आईतवार १४:४० मा प्रकाशित

११ श्रावण काठमाडौं । सौदर्य प्रतियोगिता ‘ह्वाइट हाउस एसईई प्रिन्सेज २०२०’का लागि आवेदन खुल्ला भएको छ । आयोजक सिजन मिडियाले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । कोरोनाको कारण केही पहिले आयोजना हुनुपर्ने प्रतियोगिता ढिलै भएपनि सुरु गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता यस वर्षबाट ‘ह्वाइट हाउस एसईई प्रिन्सेज’को नामबाट हुन लागेको हो ।’ कार्यक्रमको व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र मुख्य प्रायोजकमा नामि कलेज रहेका छन् ।

कक्षा दश परीक्षा दिएर वसेका छात्राहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता मा कोरोनासँग सुरक्षित रहेर तालिम प्रदान गरिनेछ । प्रतियोगीहरुको कोरोना विमा समेत हुनेछ । कक्षा दश परीक्षा दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि,क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिने उदेश्यले आयोजना हुन लागेको प्रतियोगितामा याम्प सो, शारीरिक फिटनेश, फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटो ग्राफी शिक्षालगायत विभिन्न प्रशिक्षण प्रतियोगीले प्राप्त गर्नेछन् ।

प्रतियोगिताको बिजेताले ‘वाइट हाउस एसईई प्रिन्सेज २०२०’को शीर्ष उपाधिसहित उच्च शिक्षाका लागि २ लाख बराबरको छात्रावृत्ति, ल्यापटप, मोवाइलफोनका साथै अन्य गिफ्ट्याम्पर जित्न सक्नेछन् ।असोजको द्रोस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगितामा सहभागिका लागि आगामी भदौ १३ सम्म आवेदन फारम  भर्नु पर्नेछ ।