जाजरकोटमा बाढीले वडा कार्यालय बगायो

Avatar
admin

२०७७ भाद्र ३ गते, बुधबार १३:५९ मा प्रकाशित

३ भाद्र सुर्खैत । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका – ६ को वडा कार्यालय भवन बगाएको हो ।

जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए ।

 

वडा नम्बर ६ कै १५० घर पहिरोको जोखिममा रहेकाे उनले बताए । लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा र पाल्तका घरहरु पहिरोको जोखिममा परेका हुन ।