बढैयातालका यूवाद्वारा अर्गानिक कृषि फार्म सञ्चालन

२०७७ मंसिर १३ गते, शनिबार १२:१३ मा प्रकाशित

 

दलबहादुर सुनार

बर्दियारबढैयाताल बर्दियाका यूवाहरुले १२ लाखको लगानीमा नमुना अर्गानिक कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।
बाँझो रहेको जमिन र छाडा पशु चौपायको उचित ब्यबस्थापन गरि बेरोजगार यूवाहरुको स्थानीय स्तरमा रोजगारको सिर्जना हुने गरि बढैयाताल गाउँपालिका–८ स्याउली बजारका यूवाहरुले कालिका गोवर्धन युवा समुह रिसर्च सेन्टर नामक सस्था दर्ता गरि फार्म सञ्चालनमा ल्याएका हुन् ।
२४ जना यूवाहरुको संलग्नता रहेको समुहले कोभिडको माहामारीका कारण रोजगार गुमाएका यूवाहरुको रोजगारीको सिर्जना हुने गरि बाँझो रहेको जमिनमा अर्गानिक खेति गर्दै उपभोक्ताहरु माझ बिषादी रहीत ताजा तरकारी उपलब्ध गराउने उद्देश्यले समुहको स्थापना भएको जनाईएको छ ।
गत बर्ष स्थापना भएको समुहले १५ बिगाह जमिन भाडामा लिइ ब्यबसाया सञ्चालनमा ल्याएको छ । समुहले पहिलो वर्ष लौका , फर्सि, करेला , भिन्डी बजारमा गएको र यस पटक टमाटर , खुर्सानी ,मुला बिक्रि बितरण भएको र केहि समयमा काउली , बन्दा पनि तयारी अवस्थामा रहेको समुहले जनाएको छ ।
जिब अमृत प्रयोग गरि अर्गानिक तरकारी उत्पादन गर्दै उपभोक्ताहरु सम्म बिषादी रहीत ताजा अर्गानिक तरकारीको श्रोतकेन्द्रको रपमा बिकास गर्ने सोच र मुल्य मान्यता बोकेको कृषि समुहले पुर्वाधार बिकास , बिउ मल , उपकरण खरिद र जन श्रम गरि करिब १२ लाख खर्च भएको समुहका अध्यक्ष बिपेन्द्र सापकोटाले जानकार गराउनु भएको छ ।
बढैयाताल गाउँ पालिकाकै पहिलो अर्गानिक कृषि फार्मको बिकास र प्रबद्र्धनका लागि पालिका संग अनुदान सहयोगका लागि अनुरोध गर्दा पालिकाले अनुदान सहयोग गर्न नक्ने ठाडो जवाफ आएको बताउदै समुहका अध्यक्ष सापकोटाले भन्नु भयो बेरोजगार लाई रोजगारको सिर्जना गर्ने राज्यको दायित्व हो तर हामीले स्वरोजगारको लागि फार्मको सुरुवात गरेको छौ स्थानिय सरकार बाट हुने केहि सहयोगको अपेक्षा गरेको थियौ तर पालिका बेखबर बन्यो ।
फल दिन तयारी अवस्थामा रहेका टमाटर खुर्सानी प्रतिकुल मौषमका कारण कुहिने , रोग लाग्ने सम्भावना भएको भन्दै टडेलको अभाब भएको बताउदै बेमौषमी तरकारी खेतिको लागि जोखिम धेरै भएको समुहका अध्यक्ष सापकोटाले बताउनु भयो ।
समुह स्थापना भई सञ्चालनमा आएपछि समुहले ६ जना लाई तलबी कर्मचारीको रुपमा ब्यबस्थापन गरेको छ भने तरकारी बाली हर्नको लागि समुहको प्राबिधिक कर्मचारी नभएको तर किसान २ परियोजनाको प्राबिधिकको आवश्यक्ता अनुसार सहयोग प्राप्त भएको र पालिका वाट ७५ प्रतिशत अनुदानमा पावर टेलर प्राप्त भएको समुले जनाएको छ ।
लकडाउनका कारण फार्ममा उत्पादन भएका तरकारी हरु स्थानिय बजारमा खपद भएको तर लकडाउन खुले पछि भारतीय तरकारीनै फार्मको लागि प्रमुख चुनौति हुन सक्ने भन्दै समुहको लागि तत्काल टडेलको ब्यबस्था , ढुवानीको लागि साधन र एक जना प्राबिधिक कर्मचारीको आवश्यक्ता रहेको समुहका अध्यक्ष सापकोटोले जानकारी दिनु भएको छ ।
सरकारले कृषि संग सम्बन्धित ऋण तथा अनुदानका सवालर्मा धेरै निति , नियम , कार्यबिधि बनाएता पनि पहुँचवाला किसानहरुको पोल्टामा सो अनुदान जाने तर निमुखा पहुँच बिहिन बास्तबिक किसानले भने त्यो सेवा सुबिधा पाउन नसक्ने अवस्था रहेको किसानले बताएका छन् । नक्कली किसान , सम्पन्न किसान र गरि खाने किसानको सहि पहिचान गरि बिना झन्झट सहज र सरल रुपमा सो सेवा उपलब्ध गराउनका लागि सम्बन्धित निकायमा साहागता कक्षको ब्यबस्था गरी प्रक्रियागत रुपमा सहजिकरण गरि सुबिधा उपलब्ध हुने ब्यबस्थाको सुनिश्चितता हुनु पर्नेमा किसानको जोड छ ।