गेरुवा ग्रामीण जागरण संघले राजापुर नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना गर्यो 

Avatar
admin

२०७७ मंसिर १८ गते, बिहीबार १८:१६ मा प्रकाशित

बर्दिया÷राजापुर नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नागरिकहरुलाई सेवा लिनका लागि सहज होस भनेर युएसएआइडी तयार नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघले स्थापना गरेको हो ।
सहायतकक्ष स्थापना गरिसकेपछि पालिकाका सबै वडामा जनप्रतिनिधीहरुका बीच अभिमुखिकरण सम्पन्न गरेको छ ।सहायताकक्षको अवधारणालाई नगरपालिकाले नगर स्तर र वडास्तरमा समेत स्थापनागर्न र विपदव्यवस्थापन समिति र उपसमितिहरुलाई परिचालन गरी सूचनाअधिकारी मार्फत समय सापेक्ष विपदजोखिमन्यूनिकरणका सूचनाहरु संप्रेषण गरी जनताको सुसुचित हुने अधिकारलाई सुनिश्चित,दिगोपन गर्नको लागि नागरिक सहायताकक्ष राजापुर नगरपालिकामा स्थापनाभएको छ ।
उक्त स्थापनाका लागि आवश्यक सामाग्री र प्राविधिक सहयोग युएसएआइडी तयार नेपाल,राजापुर नगरपालिकाको समन्वय,सहकार्यमा र गेरुवा ग्रामिण जागरण संघ राजापुरद्वारा स्थापना गरिएको हो । संघद्वारा संचालित कोभिड १९ प्रतिकार्य परियोजनाबाट सो नागरिक सहायत कक्ष स्थापना गरिएको संघले जनाएको छ । वडा स्तरमा जनप्रतिनिधी तथा कर्मचारीहरुमा साझाबुझाई भएमा समुदायका नागरिकहरुलाई सुचना संप्रेषण हुने भएकाले सहायताकक्षको दिगोपन, उदेश्यमुलक र सार्थक रहने छ। सोही उद्ेश्यका लागि राजापुर नगरपालिकाका १० वडामा फरक फरक समयमा यही मंसिर ११ देखि १६ गतेसम्म वडा स्तरिय सहायताकक्ष सम्बन्धि अभिमुखिकरण संचालन गरिएको थियो । सो कार्यक्रम अन्तरगत कामको लागि नगद कृयाकलाप वडाको योजना र सिफारिस अनुसार कामदारहरुलाई योजनाको बारेमा र कामको प्रकृयालाई लाभग्राहीहरुलाई समेत जानकारी गराइएको थियो । पूर्वतयारीको लागि सकारात्मक रुपमा काम गर्ने वातावरण बनोस भन्नका लागि साथै समयमा योजना सम्पन्न गर्न प्रत्येक वडाका योजनाहरुको लाभ ग्राहीलाई अभिमुखिकरण गरिएको गेरुवा ग्रामिण जागरण संघ राजापुरले जनाएको छ ।