बर्दियामा २९ औ अन्र्ताराष्टिय अपांग दिवश मनाइयो

Avatar
admin

२०७७ मंसिर १८ गते, बिहीबार १८:२७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया“ कोभिड १९ पश्चात उत्कृष्ठ पुनरागमनको सुनिश्चिता अपांगता भएका ब्यक्तिको लागि पहुँच र दिगो बिकासका लागि हामी सबैको प्र्रतिबद्धता ” भन्ने मुल नाराका साथ बर्दिया जिल्लाका बिभिन्न पालिकामा २९ औ अन्तर्राष्ट्रिय अपांग दिवश मनाइएको छ ।
अपांगता भएका ब्यक्तिहरुको अधिकार प्रर्बधन , समाबेशीकरण , सशक्तिकरण र अपांगताका विबिध सवालहरुमा सामाजिक रुपमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्वमा अपांगता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय अपांग दिवस सन १९९२ वाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय नाराहरुका साथ डिसेम्बर ३ मनाउने गरिन्छ ।
२९ औ अन्तर्राष्ट्रिय दिबश मनाउने क्रममा मधुनवन नगर पालिकाले अतिबिपन्न अपांगता भएका बिद्यार्थिको शैक्षिक बिकासमा सहयोग , अपांगताको अवस्था, सवाल र सरोकारवालाहरुको भुमिका बिषयक कार्यपत्र प्रस्तुत र अन्तरक्रिया गर्दै दिवश मनाईएको हो ।
कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख गणेश के.सी.ले अपाङ्गता भएका ब्यक्तिको सेवा सुबिधाको हकमा संबिधानमा भएका अधिकारमा कुनै कमि गरिने छैन । अपांगता भएका ब्यक्तिहरुको परिचय पत्रको सवालमा पूर्ण अशक्त अपांगता र अतिअशक्त अपांगता भएका ब्यक्तिहरुको लागि घर दैलोमा सेवा उपलब्ध गराउने ,भौतिक संरचना निमार्ण गर्दा सबै संरचना अपांगता मैत्रि बनाउने ,योग्यता र क्षमताको आधारमा रोजगारीमा पनि प्राथमिकता दिने बताउदै अपांगता भएका ब्यक्तिहरुको अधिकारको अनुभुति हुने गरि नीति तथा कार्यक्रममा संबोधन गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
यसैगरि प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह , वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र हमाल , ८ अध्यक्ष विजय राना , ढोडरी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन कुमार गौतम लगाएतले अपांगता भएका ब्यक्तिहरुको सेवा सुबिधाको लागि पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको छ ।
नगर उपप्रमुख सुबरानी थारुको अध्यक्षतामा भएको कार्यक्रममा बर्दिया अपांग पुनस्र्थापना केन्द्रका निर्देशक दलबहादुर सुनारले अपांगताको सवाल र सरोकार वालाको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा नगरपालिकाकी बरिष्ठ कार्यक्रम अधिकृत पार्वति पंडित , शिक्षा शाखा प्रमुख नारायण खनाल , बर्दिया अपांग पुनस्र्थापना केन्द्रका महासचिब हरी प्रसाद पौडल , कोषाध्यक्ष तिलकुमारी अधिकारी ,अपांगता भएका ब्यक्तिहरु लगाएतको सहभागिता रहेको महिला , बालबालिका तथा जेष्ठ नागरिक उपशाखा प्रमुख ईन्द्रा चुनराले जानकारी दिनु भएको छ ।