लैंगिक हिंसाविरुद्ध भित्रका कुरा

Avatar
admin

२०७७ मंसिर २२ गते, सोमबार १५:४६ मा प्रकाशित

–के.बि.मसाल
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर मनाउने गरिन्छ । महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस प्रत्येक वर्ष २५ नोभेम्वर देखि १० डिसेम्वर १६ सम्म दिवसका रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।
आजभन्दा करिव ६३ बर्ष अगाडी ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन दिदीबहिनी पेट्रिया, मिनर्मी र मारिया को तत्कालीन निरंकुश सरकारले निर्मम हत्या गरेको थियो । त्यसैको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ को दिनलाई लिङ्गका आधारमा महिला विरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध दिवसका रुपमा मनाउन सुरु भएको हो । पछि त्यसलाई सन १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्वरलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेको हो ।
महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लंैगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ । लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्ग को आधारमा कसै प्रति शारिरीक, मानसिक वा यौनजन्य क्षति वा पीडा पु¥याउने कार्यहरुलाई जनाउछ । लिङ्गको आधारमा हुनेकुनै पनि प्रकारको अपमानजनक, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिला, पुरुष वा तेश्रो लिङ्गीलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै पनि, कार्य यस भित्र पर्छन् ।
अर्को तर्फ शारिरीक दुव्र्यवहार तथा यातना जस्तै कुटपिट, पोली, डामी, दली, घसी जीउमा पीडा गराउने, कुरुप पारिदिने, घरबाट निकाला गर्ने आदि । मानसिक यातना जस्तै गाली—गलौज, अपमानित गर्ने, डर—धम्की र त्रासपूर्ण व्यवहार, झुट्टा आरोप, तथा मानसिक तथा भावनात्मक चोट पु¥याउने कार्य र यौन दुव्र्यवहार, यौन शोषण, जबर्जस्तीकरणी, देहव्यापारमा लगाउने आदि पनि पर्दछन भन वाल विवाह, बहुविवाह, दाइजो प्रथा, देउकी, बोक्सीको आरोप एवं छाउपडी प्रथा आदि पर्दछ । लैङ्गिक हिंसा अनैतिक, कानुन बिपरित एवं मानव अधिकारको उल्लङघन हुने कार्य हो । यसले ब्यक्ति, परिवार, समुदाय एवव राज्यलाई ठूलो नोक्सान पु¥याउँछ । यसलाई निवारण गर्न राज्यले नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रहरुको पहल गर्नु पर्दछ । लैङ्गिक हिंसाबाट पिडित ब्यक्तिले अन्याय सहेर बस्न हुदैन । समाजमा हुने लैङ्गिक हिंसाको बिरुद्धमा सबै जना जुटन जरुरी छ ।
लैङ्गिक हिंसाबाट महिला, पुरुष वा अन्य लिङगी जो कोही पनि पीडित हुन सक्छ. । हाम्रो सामाजिक ससंरचनामा शिक्षा, स्वास्थ्य, रोजगार, सम्पत्ति र निर्णय प्रकृयामा महिलाकोकम पहुच छ । त्यसैगरी श्रोत परिचालन, शक्तिको प्रयोगमा महिलाको कम अवसर छ । पुरुष प्रधान पारिवारिक सरचनामा पुरुषको नियन्त्रण बढी हुन्छ । त्यसैले लैङ्गिक हिंसाबाट बढी महिला पिडित हुने गरेका छन् । तर लैङ्गिक हिंसा भनेको महिला माथि हुने हिंसा मात्र भने होइन । लैंगिक समानता भन्नाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ, स्रोत साधन आदिमा समान अवसर पहुँच र नियन्त्रण कायम राख्नु हो । माहिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र स्वतन्त्र छ भन्ने मान्यता नै लैंगिक समानता हो । लैंगिक समानता ल्याउनको लागि विशेष अभियानहरुको सन्चालन गदै त्यस स्बन्धमा देखापरेका चुनौतिहरुसग जुदै जानु पर्दछ ।
विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याकले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरु यौनजन्य हिंसाभित्र पर्दछ ।
अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिलामाथीको हिंसाका खबरहरु तारन्तार आउने गर्दछ । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरु सुन्न परेको छ । नेपालमात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ । महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । छोरी होस् या छोरा समाज परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरुद्धको अभियान सफल हुने देखिन्न । महिला हिंसाका कथाहरु अनि ब्यथाहरु धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । हिंसालाई सहनु अथवा भोगेर केहि नबोल्नु भनेको हिसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापी हुन सक्दैन । महिला हिंसा भन्ने वित्तिकै हामी हिंशक पुरुषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरुकै भूमीका पनि उत्तिकै रहन्छ । बुहारी तहलाउने सासुदेखि भाउजु तहलाउने नन्दसम्म, छोरी तहलाउने आमादेखि छात्रा तहलाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा पाईन्छन् ।
नेपालमा अन्तरर्राष्ट्रिय महिला हिसांविरुद्ध दिवस मनाउदा योगमाया न्यौपानेलाई संझनै पर्ने हुन्छ । योगमायाले सुरु गरेको महिला अधिकारवादी संघर्ष अहिले पनि अन्त्य भएको छैन । योगमायाको जन्म विक्रम संवत् १९१७ सालमा भोजपुरको दिङलामा भएको थियो । नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति योगमायाले सुशासन र सत्यका पक्षमा आवाज उठाएर गरेको सामाजिक रुपान्तरणको उच्च मुल्याङकन गर्नै पर्ने हुन्छ । नेपालमा महिला माथी हुने हिसां र अधिकारका बारेमा आवाज उठाउने उहानै पहिलो महिला हुनुहुन्छ । योगमायाले बाल विवाह, बहु विवाह र सति प्रथाको अन्त्य, विधवा विवाहलाई मान्यता दिएर प्रोत्साहन र महिलाहरुमा शोषणको अन्त्यका लागि सामाजिक सुधारका पक्षमा बिद्रोह गरेकी थिइन । राणा शासनको समय त्यस बेलाको त्यो सत्य घटना आज एकादेशको दन्त्य कथा जस्तो लाग्न सक्छ । समाजको कठोर शासनप्रति बिद्रोहको चरम स्वर निकाल्ने क्रममा उनले बिक्रम संवत् १९९८ असार २२ गते हरिशयनि एकादशिको दिन ६८ जना भक्तहरुका साथ अरुण नदीमा जल–समाधि लिएकी थिइन् ।
महिलाहरुले लामो समयदेखि परिवर्तनको लागि राजनीतिक संघर्ष गरेका छन । तर पनि आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ । महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन । महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ ।
आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोमा दुब्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । अहिलेसम्म बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयन भएको छैन । जुन कारणले विभेद अन्त्य हुन सकेको छैन । महिलाको काम तथा श्रमको कदर नगर्ने परम्परागत सोच र अभ्यासकै कारण घरभित्र, सार्वजनिक क्षेत्र र वैदेशिक रोजगारको क्रममा विभिन्न प्रकारका शोषण र भेदभाव खेप्नुपरेको छ । श्रम, स्रोत साधन र भूमिमाथि महिलाको पहुँच र नियन्त्रण हुन सकेको छैन । विशेषगरी भूमिहीन किसान, सुकुम्बासी तथा विपन्न र सीमान्तकृत समुदायका महिलाको भूमिमाथि अधिकारको सुनिश्चितता भएको छैन ।
नेपाली समाजमा महिलामाथि हुने विभेद हिंसा नयाँ कुरा होइन । यस्ता घटना पहिले पनि नघटेका होइनन् तर अहिले सञ्चार क्षेत्रको विकास, महिलामा बढेको चेतना, राजनीतिक परिर्वतन र भूमण्डलीकरण आदि कारणले यस्ता घटना सार्वजनिक भइरहेका छन । यसको कारण महिलामाथि हुने हिंसा हाम्रो नेपाली समाजको धर्म, संस्कृति र परम्परा बीचको सम्बन्ध रहेको पाइन्छ । कम्लरी, देवकी, छाउपडी, बहुविवाह, दाइजो प्रथा, छोराछोरीबीचको भेदभाव, कुमारी प्रथा, बोक्सीलगायत अन्य अन्धविश्वास, कुरीति र कुसंस्कारको आधार धर्म, संस्कृति र परम्परा नै हो  । यसकारण हाम्रो समाजको परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरुद्धमा हुने सबै खाले विभेद र हिंसाको अन्त्य हुन सक्दैन ।
महिलामाथि हुने विभेद र हिंसाका पछाडि प्रायः स्वयं महिला नै रहने गरेका छन । दाइजो नल्याएको अथवा छोरा नजन्माएको निहुँमा बुहारीलाई मानसिक यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र जलाउनेसम्मका घटनामा सासूकै अहं भूमिका रहने गरेको पाइन्छ । अर्को तर्फ महिला हिंसाका घटनामा वृद्धि हुनका पछाडि देशको राजनीतिक अस्थिरता, अन्योल, कमजोर निरीह, भ्रष्ट्र र विदेश परस्त सरकार पनि हो । यसका साथै डलरको खेती गर्ने र मानवअधिकारप्रति गफ र ओठे प्रतिबद्धता देखाउने तथा यो वा त्यो राजनीतिक दलको पिछलग्गु बन्ने नागरिक समाज र मानवअधिकारवादी सघं–संस्थाका कारणले पनि महिला हिंसा अन्त्य हुनसकेको छैन  । गैरसरकारी संस्थाहरुले समस्या समाधान गर्नेभन्दा समस्यालाई देखाएर मागी खाने भाँडोको रुपमा प्रयोग गरिरहेका छन । यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सक्रिय रहेको देखिए तापनि सडक बालबालिका, महिला हिंसा तथा मानव बेचबिखन जस्ता समस्या घटनुको सट्टा झनै विकराल हुँदै गइरहेको छ ।
महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना घटिरहेका छन । इन्टरनेट, साइबर, फेसबुकको विकास र त्यसप्रति बढदै गइरहेको नेपाली समाजको पहँुच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेका छन । नेपाली महिला त्यसमा पनि विशेषगरी युवा पुस्ताको लवाइमा बढदै गएको उच्छङखलता, उत्ताउलोपन, नग्नता र अगं प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको मानिन्छ । समाजमा व्याप्त जुवातास र मदिरासेवन जस्ता सामाजिक विकृति पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छन । जघन्य खालका महिला हिंसा र बलात्कारका घटना मदिरा सेवनकै कारण भएका छन । समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको र नैतिकताको ह्रास हुँदै गइरहेको कारण पनि यस्ता आपराधिक घटना घटने गर्छन  ।
माथि उल्लेखित तमाम कारणले गर्दा महिलाविरुद्ध हुने विभेद सबै खालका हिंसा अन्त्य गर्नका लागि यी सबै पक्षलाई विचार गर्नु आवश्यक छ । नेपाली समाजको परम्परागत सोच, चिन्तन, संस्कार र जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा परिवर्तन र राज्यका सबै संरचनामा आमूल परिवर्तन नआएसम्म महिला हिंसाको अन्त्य हुनसक्दैन । महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रुपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्म सम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रुपमा हुन । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन ।
नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भैरहेका छन् । देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरुको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय प्रमुख कारणका रुपमा देखिएका छन । पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा गरिने व्यवहार अहिले पनि जारी छ ।
अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन । जसलाई घरेलु हिंसा भन्ने गरिएको छ । दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरुले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ । श्रीमानले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरु वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन । त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरु उत्तिकै पीडित हुने गरेका छन । कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरुमा दुव्र्यवहार एवं अपशब्दहरुको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रुपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ ।
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असमान्य ढंगबाट वृद्धि भैरहेका छन । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ । बोक्सीको आरोपमा असहाय महिलाहरु मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन । त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरु देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरु अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ ।
नेपालमा मनाइने हरेक दिवस दिवसमा मात्रै सीमित छन् । दिवसको अवसरमा ठूला भाषण गर्नेहरुले पनि दिवस सकिएपछि आफैले बोलेका कुराहरु बिर्सने गर्दछन । अन्तर्राष्ट्रिय महिला हिसांविरुद्ध दिवसले पनि तिनै कुरा संझाउछ । महिलाका लागि विशेष व्यवस्था समावेश गरि अस्तित्वमा आएको संविधानले परिवर्तनका मुद्दाहरु अब संस्थागत गराउन आवश्यक छ । संविधान राम्रो बन्नु मात्र सबैथोक होइन, कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् ।
मिती ः–२०७७ मार्ग २० गते दाङ सन्दर्भ ः अन्तर्राष्ट्रिय महिला हिसांविरुद्ध दिवस