नेरेसो बर्दियाद्वारा विद्यालयमा भौतिक निर्माण र वास सामाग्री हस्तान्तरण

Avatar
admin

२०७७ मंसिर २५ गते, बिहीबार १५:४८ मा प्रकाशित

दीपक शर्मा
बर्दिया ÷ नेपाल रेडक्रस शोसाइटि जिल्ला शाखा बर्दियाले गुलरियाका दुइ वटा सामुदायिक विद्यालयलाई वास सामाग्री हस्तान्तरण गरेको छ ।
युनिसेफको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटि केन्द्र मार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत क्वारेन्टिन रहेका मध्ये दुई बटा विद्यालयलाई वास सामाग्री हस्तान्तरण गरिएको नेरेसो शाखा बर्दियाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताउनु भयो ।
लामो समयदेखि क्वारेन्टिनको रुपमा प्रयोगमा आएको विद्यालय मध्ये गुलरिया नगरपालिका—४ मा रहेको कोटही मावि , गुलरिया नगरपालिका—६ मा रहको वंगलामुखि राधाकृष्ण थारु माविमा विद्यालयको आवश्यकता अनुसार कोटही माविमा सौचालय तथा वंगलामुखि विद्यालयमा सुद्ध खानेपानीका लागि कन्चन फिल्टर माग भए बमोजिम सौचालय २ लाख ५० हजार रुपैया र सुद्ध खानेपानीका लागि कन्चन फिल्टर २ लाख ५० हजार रुपैया र एउटा विद्यालयमा वास सामाग्री १ लाख २५ हजार रुपैयाका दरले दुई वटा विद्यालयमा हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा बर्दियाका कार्यलय प्रमुख हरी केसीले बताउनु भयो । वास सामाग्री हस्तान्तरण कार्यक्रममा कोटही माविका प्रअ ज्ञानेन्द्र रावल तथा वंगलामुखि माविका प्रअ भेजेन्द्रबहादुर थापाले मंसीर २२ गते देखि संचालनमा आएका सामुदायिक विद्यालय सौचालय तथा सुद्ध खानेपानीका लागि कन्चन फिल्टर एव वास सामाग्रीले अहिलेको कोरोना महामारीको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गरी अध्यापन गराउनमा सहयोग पुग्ने बताउनु भयो ।