बिमा भुक्तानी दिन क्षेत्रिय प्रमुख पंगनेनी बिमितको घरमा

Avatar
admin

२०७७ मंसिर २६ गते, शुक्रबार १७:२६ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया÷यूनियन लाईफ इन्सोरेन्स कम्पनिका लि.का क्षेत्रिय प्रमुख नारायण पंगेनी बिमितको घरमा पुगेर बिमादाबी भुक्तानी गर्नु भएको छ ।
बढैयाताल गाउँ पालिका ८ नयाँबस्ति निवासी बिमित लहानु थारुको घरमा परिवारलाई सान्तोना र बिमा दाविको रकमको चेक हस्तान्तरण गर्न पुग्नु भएको हो । क्षेत्रिय प्रमुख पंगेनीलेको विमा भनेको सुरक्षाको कवज हो भन्दै हामी यस दुखद घडिमा बिमाको भुक्तानी दिन आएका छौ बिमा भएपछि दुखको बेला सहयोग पुग्ने र परिवारको सुरक्षा हुने बताउनु भयो ।
कम्पनीका एजेन्सि म्यानेजर निर्मला आचार्य मार्फत २०७७ साल जेष्ठ महिनामा बिमांक २ लाख ५० हजारको १५ वर्षे सावधिक जीवन बिमित लाहानु थारुको २०७७ श्रावण २३ गतेका दिन असमायिक निधन भएको थियो ।
मृतक बिमित थारुको हकवाला श्याम कुमारी थारुलाई यूनियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडको कुमारी बैंकको रु २ लाख ६१ हजार २ सय पचास रुपैयाको चेक बडैयाताल गाउँ पालिका ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठको रोहवरमा हस्तान्तरण गरिएको यूनियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड बर्दिया शाखा प्रवन्धक कृष्ण कार्किले जानकारी दिनु भएको छ ।