कर्णालीको हारसँगै आर्मी र एपिएफ सेमिफाइनलमा

Avatar
admin

२०७७ माघ १० गते, शनिबार २०:१२ मा प्रकाशित

जितको लागि २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४३.२ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । कर्णालीका लागि बाँया हाते युवा ब्याट्सम्यान हेमन्त ओलीले १ सय २ बलमा ६ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए ।

तीव्र गतिका बलर किशोर महतोले दोस्रो ओभरको चौथो बलमा ओपनर विपिन रावललाई अमरसिंह राउटेलाबाट ७ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा महतोले निश्रल रावललाई २ रनमा विकेटकिपर सुबास खकुरेलबाट क्याच गराएका थिए ।

तेस्रो विकेटका रविन्द्रजंग शाहीले हेमन्त ओलीले ३४ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । तर १५ औं ओभरको तेस्रो बलमा वसन्त रेग्मीले रविन्द्रलाई १४ रनमा बोल्ड आउट गरे । रविन्द्रले २७ बलमा २ चौका प्रहार गरे ।

चौथो विकेटका लागि हेमन्त र हिमान्शुले ५६ रनको साझेदारी गर्दै कर्णालीलाई जितको आशा दिलाएका थिए । तर ३१ ओ ओभरको पहिलो बलमा सन्दीप जोराले डाइरेक्ट थ्रोमा हेमन्तलाई रन आउट गरेपछि एपिएफ खेलमा फर्किएको थियो ।

हिमान्शु शाही वसन्त रेग्मीको बलमा ठूलो सट खेल्नेक्रममा २० रनमा कमलसिंह ऐरीबाट क्याच आउट गराए । भुवन कार्कीले राज शाहलाई १२ रनमा बोल्ड आउट गरे । राजले ८ बलमा ३ चौका प्रहार गरे । अभिष्ोक बम ठकुरी ३८ बल खेल्दै १ चौका साथ १२ रनमा स्टम्पिङ आउट भए ।

एपिएफका स्पिनर वसन्त रेग्मीले १० ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । भुवन कार्कीले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ८.२ ओभरमा २ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । शरद भेषावकरको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ ४९.५ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो । एपिएफका युवा ब्याट्सम्यान सन्दीप जोराले ७६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । जोराले ६५ बलमा अर्धशतक पूरा गरेका थिए । ३८ औं ओभरको चौथो बलमा दीनेश अधिकारीलाई चौैका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

एपिएफका ओपनर रित गौतमलाई पहिलो ओभरको तेस्रो बलमै अनुज चुनराले युनिस सिंहबाट शून्यमा क्याच आउट गराएका थिए । चुनराले नवौं ओभरको दोस्रो बलमा चुनरालेनै शरद भेषावकरलाई हिमान्शु शाहीबाट ८ रनमा क्याच गराए । राज शाहले १४ औं ओभरको चौथो बलमा सुबास खकुरेललाई २३ रनमा एलबिडब्लू आउट गर्दै कर्णालीले राम्रो सुरुवात गरेको थियो । सुबासले ४० बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

स्पिनर दिवान पुनले १७ औं ओभरको पहिलो बलमै कप्तान रविन्द्रजंग शाहीबाट शंकर रानालाई १५ रनमा क्याच आउट गराएपछि एपिएफ दबाबमा परेको थियो । शंकरले २८ बलमा १ चौका प्रहार गरे । लगत्तै सुमित महर्जन १० रनमा क्याच आउट हुँदा एपिएफ १७।२ ओभरमा ६७–५ को अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि सन्दीप जोरा र अमरसिंह राउटेलाले ७८ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । दिवानले ३५ औं ओभरको पाँचौं बलमा अमरलाई रविन्द्रबाट ३१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । अमरले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तल्लोक्रमका वसन्त रेग्मी १४ र कमलसिंह ऐरी ९ रनमा आउट भए । भुवन कार्की १५ र किशोर महतोले १३ रनको योगदान दिए ।

कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ९ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । अनुज चुनराले ६।५ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । राज शाह र दिवान पुनले २(२ विकेट लिए ।

कर्णाली ४ खेलमा ३ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । गण्डकी र प्रदेश एक यसअघिनै बाहिरिएका थिए । एपिएफ र आर्मीले सुरुवाती तीनै खेलमा जित निकालेका छन् । एपिएफ शीर्ष र आर्मी दोस्रो स्थानमा छन् । माघ १२ मा हुने यी दुई टोलीबीचको खेलको नतिजाले समूह विजेता र उप विजेताको निर्धारण गर्ने छ । (हाम्रो खेलकुदबाट