उत्पादनमा बृद्धिका लागी माटो परिक्षणका साथै आधुनिक प्रविधिको प्रयोग

Avatar
admin

२०७७ माघ २७ गते, मंगलवार २०:०६ मा प्रकाशित

दीपक शर्मा
बर्दिया ÷ आजको आवश्यकता परिपुर्ति गर्न र भोलीको भाविपुस्ताहरको लागी खाद्य सम्प्रभुता संरक्षण गर्न “पोषिलो आहारको लागी दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ बर्दियामा पहिलो पटक राष्ट्रिय खाद्य बैंक लि.को कृषि परियोजना स्थलको उदघाटन गरिएको छ ।
राष्ट्रिय खाद्य बैंक आफैले खाद्यान्न गेडागुडि दलहन, हरियो तरकारीहरु,फलफुलहरु,केरा,दहि,दुध,माछा,मासु, अण्डा, जडिवुटि,चिया,कफि,उखु लगायतका खानेकुराहरु उत्पादन गर्ने , राष्ट्रिय खाद्य बैंकले आफनै माध्यमबाट अध्ययन र अनुसन्धान गर्ने राष्ट्रिय खाद्य बैंक लि.का कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतिले बताउनु भयो । रैथाने जिन (पुराना बालिनालीको विउ विजन) सम्बधी खोजतलास गर्ने छ । आधुनिकता अनुसार थोरै ठाउमा धेरै कसरी उत्पादन गर्न सकिन्छ भनेर अध्याय र अनुसन्धान गरिनुका साथै प्याटेन्ट राइटको बारेमा कस्तो अवस्था छ । सवै कुराहरुको थप अध्ययन र अनुसन्धान गरिने भएको छ । कृषि कार्यमा काम गरिरहेका कृषि कम्पनीहरुका प्रा.ली.,कृषि सहकारीहरु,सरकारी संघ सस्थाहरु÷ गैरसरकारी संघसस्थाहरु कृषिमा लागेका विभिन्न समुहहरु लगायतका उत्पादन गर्ने काममा लागेका संघ सस्थाहरु संग सहकार्य गरी अझै धेरै उत्पादन गर्न गराउन यो खाद्य बैंकले भुमिका खेल्ने बताइएको छ ।
दुई अर्व रकमबाट शुरुवात गरी उत्पादन र व्यापारमुलक कार्य गर्ने गरी केन्द्रिय कार्यालय काठमान्डौमा र सात वटै प्रदेशमा प्रदेश कार्यालय,७७ जिल्लामा जिल्ला कार्यालय र आवश्यकता अनुसार स्थानिय निकायहरुमा कार्यालयहरु स्थापना गर्ने गरी राज्यले परिकल्पना गरेको सम्बृद्ध नेपाल बनाउन यस राष्ट्रिय खाद्य बैंक लि.को स्थापना सगैं आवश्यक ज्ञान,सिप,विउ,विजन,मलजल,दक्ष जनशक्ति, विशेषज्ञ बैज्ञानिक लगायतका विज्ञहरुको सहभागीतामा यो बैंक आफनो कार्यमा जुटेको उप्रेतिले बताउनु भयो । बर्दियाको गुलरिया नगरपालिका वार्ड न ३ खैरी गाउबाट सुरुवात गरिएको कृषि परियोजना स्थलले विगतमा किसानले उत्पादन गरेको खाद्यान्नलाई उत्पादनमा बृद्धि र आधुनिक तरिकाबाट उत्पादन गर्नमा सहयोग पुग्ने स्थानियवासी चिन्तामणि कडेलले बताउनु भयो ।