गोबिन्दाले भने, ‘म पवित्र रहिनँ, अब रक्सी र चुरोट पिउँछु’

Avatar
admin

२०७७ चैत्र २ गते, सोमबार २०:०९ मा प्रकाशित

बलिउड अभिनेता गोबिन्दाले अब आफू पहिले झैं पवित्र नरहेको बताएका छन् । गोबिन्दाका अनुसार इन्डष्ट्रिमा उनलाई पाखा लगाउनका लागि, राम्रो भूमिका प्रदान नगर्नका लागि, उनको फिल्म रिलिज नगरिदिनका लागि उनीविरुद्ध षड्यन्त्र रचिँदै छ ।

एक अन्तरवार्तामा यसबारे कुरा गर्दै गोबिन्दाले अब आफूले भावुक भएर समस्या सुल्झाउने नगरेको बताउँदै आफू व्यापारी जस्तो भएको बताएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा गोबिन्दालाई आजकाल तपाईंले आफ्नो अध्यात्मको पाटो अपनाइरहनुभएको छ भनेर सोधियो । यसको जवाफमा उनले भने, ‘होइन, यसको ठिक विपरित भइरहेको छ ।’

गोबिन्दाले भने, ‘म अब भ्रष्ट र कडा भएको छु । आजकाल म पार्टी गर्छु, रक्सी पिउँछु, चुरोट पिउँछु । पुरानो गोबिन्दा निकै पवित्र थियो । पहिला मेरो भावुकता मेरो कामको बीचमा आउँथ्यो तर अब म भावुक हुदिनँ । म अब कुराहरुलाई प्रोफेशनल र व्यापारको दृष्टिकोणले ह्यान्डल गर्छु ।’

गोबिन्दाले भने, ‘मविरुद्ध इन्डष्ट्रिमा मानिसहरुले षड्यन्त्र फैलाइरहेका छन्, मेरो छवि धुमिल बनाइरहेका छन् ।’

के तपाईंले आजकाल सबै अफर अस्विकार गरिरहनुभएको हो भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो नयाँ आजकाल हो जुन आजकाल फैलिरहेको छ ।’

उनले भने, ‘उनीहरु वास्तवमा मलाई यस्ता फिल्म अफर गरेर मविरुद्ध षड्यन्त्र रचिरहेका छन् जुन मलाई मन पर्दैन । जस्तै सेक्स र हिंसायुक्त फिल्म । यदि तपाईंलाई अत्यधिक सेक्सयुक्त सामग्री भएको फिल्म बनाउनु छ भने पोर्न फिल्म किन बनाउनुहुन्नँ ?’

गोबिन्दाले थपे, ‘मलाई यो पनि थाहा छ कि एउटा अफिसमा मानिसहरुले के कुरा गरिरहेका थिए । उनीहरुले यतिसम्म भनेका थिए, ‘गोबिन्दालाई १५ सिन र दुईवटा गीत दिऔं, पछि उनलाई भगवान दादा बनाऔं र गीतमा मात्रै काम गराऔं । त्यसपछि उनलाई जुनियर आर्टिस्ट बनाइदिऔं ।’’

उनले भने, ‘तर मैले उनीहरुलाई यसमा सफल हुन दिइनँ । मैले ब्यान्ड बजाइदिएँ । म हिरोको रुपमा फिर्ता भएँ र फिल्म निर्माण गरेँ । यद्यपि, यो भिन्न कुरा हो कि मेरो फिल्मले कुनै प्लेटफर्म पाएन ।’

स्मरण रहोस्, ९० को दशकका सुपरस्टार गोबिन्दा लगातार फ्लप फिल्मको सामना गरिरहेका छन् ।