आक्रामक बन्दै बर्दियाका बाघ , मान्छे खान थालेपछि आहारा मान्छे नै खोज्दै बाघ

Avatar
admin

२०७७ चैत्र ३ गते, मंगलवार २०:२१ मा प्रकाशित

दीपक शर्मा
बर्दिया ÷ बर्दियामा पछिल्लो पटक वन्यजन्तु र मानव विचको द्धन्द्ध चरम उत्कर्षमा पुगेको छ ।
मानव र वन्यजन्तुको द्धन्द्ध चरम उत्कर्षमा पुगेका कारण बन्य जन्तुको आक्रमणका कारण मानिसको ज्यान गुमाउने सख्या पनि बृद्धि हुदै गएको छ । निकुञ्ज आसपासका क्षेत्रमा हात्ति लगायत अन्य जनावरले किसानले लगाएको बालि नाली नोक्सानि गर्ने कार्य सामान्य भएपनि पछिल्लो पटक बाघले मानिसको ज्यानै लैजाने कार्य थालेपछि स्थिति भयाभह हुदै गएको छ ।
बर्दियाको मधुवन नगरपालिका वार्ड न ३ मा रहेको सम्झना सामुदायिक बनमा घाँस काटन गएकी २९ बर्षिय रेनुका सुनारको मत्यु भएको जिल्ला प्रहरी कार्याललय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहिले बताउनु भयो साथै उहाले शव भेटिएको स्थान र आसपासमा ८ वटा सीसि टिभि जडान गरीएको हुदा बाघले लोकेसन पत्ता लगाउने कार्य भैरहेको बताउनु भयो ।
बुधबार घाँस काटन गएकी सुनारको बेलुका घर नफर्किएपछि खोज तलास गर्दा सम्झना सामुदायिक वनमा बुधबार राति शव फेला परेको थियो । लगातार बाघको आक्रमणबाट मानिसको मृत्यु हुन क्रम नरोकिएतापनि निकुञ्ज प्रशासनले कुनै ध्यान नदिएको तथा बाघको आक्रमणबाट लगातार मानिसको मृत्यु हुदा समेत गम्भिर नवनेको स्थानिय वासीहरको भनाई रहेको छ । भारत संगको खुला सीमानाका कारण बर्दिया राष्ट्रिय निकञ्ज संग भारतको कतरनिया बन्यजन्तु आरक्ष जोडिएका कारण पनि जंगली जनावर ओहोर दोहर गर्ने भएका कारण पनि बाघको आक्रमण बाट मानिसको मृत्यु हुने गरेको छ ।
यसैगरी गेरुवा गाउँपालिका १ बनखेतमा खेतबाट गोरु लिएर फर्किदै गर्दा बाघको आक्रमणमा परि घाइते भएका छन । दिनभर खेतमा काम गरेका ३५ वर्षिय सरोज कार्कि बेलुका करिब ५ वजेतिर गोरु लिएर घर फर्कदै गर्दा एक्कासी पछाडि बाट बाघले आक्रमण गर्दा दुवै हात र ढाडको बायाँ तर्फ कोतारिएको छ उनको अवस्था अहिले सामान्य रहेको छ । बर्दियामा यसरी दिनहु जसो बाघको आक्रमण गरिरहेको अवस्थामा सम्वन्धित निकायले बाघको लागी सिसि टिभि जडान गर्नु बाहेक अरु केहि काम गर्न सकिरहको छैन ।
बर्दियाको राजापुर नगरपालिका , ठाकुरबाबा नगरापकिला , गेरुवा गाउँपालिका , बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकामा बाघको आक्रमणका घटनामा बृद्धि भएको छ । बाघ निकुञ्ज आसपासका सामुदायिक बन र निकृञ्जमा बढि देखिने गरेको छ । चालु आर्थिक वर्षमा हाल सम्म ८ जना मानिसको बाघको आक्रमणमा परी मृत्यु भैसकेको छ भने गएको आर्थिक वर्षमा ५ जना मानिसको मृत्यु भैसकेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनु भयो । बाघको आक्रमण पहिले कम भएपनि गएको दुइ वर्ष यता आक्रामक रुपमा बाघले आक्रमण गरी मानिसको ज्यानै लिने गरेको पाइएको श्रेष्ठले बताउनु भयो । २०५५ साल देखि हाल सम्म १८ जना मानिसको बाघको आक्रमण बाट मृत्यु भएको छ तर गएको दुइ वर्षमा मात्र १३ जना मानिसको मृत्यु भएको श्रेष्ठले बताउनु भयो । बाघले मानिसलाई खान पल्केको अवस्थामा उसलाई मानिस नै चाहिने भएको हुदा अवस्था जटिल रहेको छ । बस्तु भाउ जोगाउन समेत अप्ठेरो भइरहेको अवस्थामा मानिसको समेत ज्यान जनावरले खान थालेपछि मानिसहरु त्रसित बनेका छन ।