कोरोना अति प्रभावित यी १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि रेष्टुरेन्ट बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

Avatar
admin

२०७८ बैशाख २ गते, बिहीबार १९:०३ मा प्रकाशित

मन्त्रालयले आज सूचना जारी गर्दै बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुन अपिल गरेको हो।

मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ्ग रहेका छन्।

No description available.

No description available.