सुदूरपश्चिमको इन्चार्ज तोक्ने अधिकार ओलीलाई

Avatar
admin

२०७८ आश्विन ११ गते, सोमबार १८:१० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी तोक्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको एमाले स्थायी कमिटी बैठकले इन्चार्जको जिम्मेवारी तोक्ने अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद रहेको छ । १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दा इन्चार्ज रावल हुन्छ । तर, यस बीचमा पार्टीले इन्चार्जको जिम्मेवारी भट्टलाई दिइसकेको छ । यस विषयमा पार्टीमा विवाद हुँदै आएको छ ।

१० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष समेत रहेका रावलले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । रावल र भट्ट मध्ये एक जनालाई इन्चार्जको जिम्मेवारी तोकेर अर्को नेतालाई सम्मानजन अर्को जिम्मेवारी दिने ओलीले बैठकमा बताए ।

पार्टीले १० बुँदे प्रस्ताव कार्यान्वयन गरिसकेको बताउदै अध्यक्ष ओलीले सबै नेतालाई सम्मानजन जिम्मेवारी दिइने बताएका छन् ।