कट्रिनाले फोटो सेयर गरेर यस्तो के लेखिन् जसमा सेलिब्रिटी र प्रशंसकले दिन थाले बधाई ?

Avatar
admin

२०७८ पुष २५ गते, आईतवार २०:०६ मा प्रकाशित

एजेन्सी
twitter sharing buttonकट्रिना कैफ र विक्की कौशलको विवाह भएको एक महिना पुरा भएको छ । ९ डिसेम्बरमा यी दुईको विवाह भएको थियो । यो विवाहमा यी दुईको परिवार, आफन्त र नजिकका साथीहरु समावेश भएका थिए । राजस्थानको सवाई माधोपुरमा भएको कट्रिना विक्कीको विवाहको झलक पाउनका लागि प्रशंसक निकै आतुर थिए । तर पछि यी दुईले आफ्नो विवाहको फोटो सेयर गरेपछि सबैजना खुसी भएका थिए । अब कट्रिना र विक्कीको विवाहको एक महिना पूरा भएको छ । यो अवसरलाई उनीहरुले सेलिब्रेट गरिरहेका छन् ।

विवाह अघि कट्रिना कैफ र विक्की कौशलले आफ्नो सम्बन्ध लुकाएर राखेका थिए । तर विवाहपछि दुबैले एक–अर्काका लागि प्रेम व्यक्त गर्न लोभ गरेका छैनन् । यी दुईले एक अर्कासँगको क्यान्डिड तस्बिर सेयर गर्न सुरु गरेका छन् । कट्रिनाले पुनः यस्तै गरेकी छिन् । कट्रिनाले विक्कीलाई बेस्सरी अँगालो हालेको फोटो सेयर गरेकी छिन् ।

यो एउटा सेल्फी हो र उसलाई विक्की कौशलले खिचेका छन् । फोटो सेयर गर्दै कट्रिनाले लेखिन्, ‘ह्याप्पी वान मन्थ माइ लभ ।’

सेलिब्रिटी र प्रशंसकले दिइरहेका छन् बधाईः

यो पोस्टमा थुप्रै सेलिब्रिटी र प्रशंसकले कमेन्ट गरेका छन् । फोटो पोस्ट गरेको आधा घण्टा बित्न नपाउँदै यसमा १० लाखभन्दा बढी लाइक्स आइसकेको छ । कट्रिनाका हेयर स्टाइलिस्ट साथी डेनियलले कमेन्ट गर्दै लेखे, ‘प्रेम सुन्दर छ ।’ नेहा धुपियाले लेखिन्, ‘धेरै धेरै शुभकामना हाम्रो सुन्दर जोडी, हामी तिमीलाई माया गर्छौँ ।’ वाणी कपुरले लेखिन्, ‘सुन्दर ।’

लुकाएर राखेका थिए सम्बन्धः

कट्रिना कैफ र विक्की कौशल केही वर्षदेखि एक अर्काको सम्बन्धमा थिए । तर यी दुईले कहिल्यै पनि मिडिया वा सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे कुरा गरेनन् । यी दुईले विवाहबारे पनि केही बोलेका थिएनन् ।