दसैँका लागि नयाँ नोट साट्न सुरु (तस्बिरहरु)

Avatar
admin

२०७९ भाद्र २९ गते, बुधबार १४:०६ मा प्रकाशित

काठमाडौं, भदौ २९, २०७९

आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए ।



यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको व्यवस्था गरेको छ । यतिले नपुगेको थप रकमको व्यवस्थापन समेत गरिने नेपालले बताए ।